सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

कर्णालीमा २ प्रतिशत ब्याजदरमा किसानलाई १ करोडसम्म ऋण

  • प्रकाशित मिति : बुधबार, कार्तिक २६, २०७७



  • सुर्खेत । कर्णाली प्रदेशका कृषकले वार्षिक दुई प्रतिशत ब्याजदरमा १ करोड रुपैयाँसम्म् ऋण पाउने भएका छन् ।

    प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास बैंकसँग ब्याज अनुदान कार्यक्रम सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।ब्याज अनुदान कार्यक्रम अन्तर्गत प्रदेशका कृषि र पशुपंक्षीका क्षेत्रमा व्यवसाय गर्ने कृषकले अब वार्षिक दुई प्रतिशत ब्याजदरमा एक करोडसम्मको ऋण पाउने छन् । कृषि विकास बैंकले नौ प्रतिशतमा कृषि कर्जा प्रवाह गरिरहेको छ । ब्याज अनुदान कार्यक्रम अन्तर्गत प्रदेश सरकारले सात प्रतिशत ब्याज तिरिदिनेछ ।
    व्यवसायिक कृषि तथा पशुपालन व्यवसायको प्रवर्द्धन, कृषकहरूको रोजगारी वृद्धि र जीवनस्तर उकास्ने उद्देश्यले प्रदेश सरकारले ब्याज अनुदान कार्यक्रम ल्याएको कृषि मन्त्री बिमला केसीले बताइन् ।

    यसरी ऋण लिए एक लाख रकमको वार्षिक दुई हजार मात्रै ब्याज तिर्नुपर्नेछ । ऋण लिँदा उनीहरुले धितो भने राख्नुपर्नेछ । आफ्नो व्यवसायको प्रकृति र कार्ययोजनाअनुसार एक लाखदेखि एक करोड रुपैयाँसम्म ऋण लिन सकिने सम्झौता पत्रमा उल्लेख छ ।

    कृषि विकास बैंकमार्फत १० वटा जिल्लाका १८ वटा शाखाबाट दुई प्रतिशत वार्षिक ब्याजदरमा ऋण उपलब्ध गराउने गरी बैंक र मन्त्रालयबीच सम्झौता गरिएको छ । काम गर्ने किसानका लागि यो सुनौलो अवसर भएको मन्त्री केसीले बताइन् ।

    ‘धेरैभन्दा धेरै कृषकहरूमा यो कार्यक्रम पु¥याउने हाम्रो लक्ष्य छ । दुुई प्रतिशत मात्रै ब्याजदरमा ऋण पाउने भएकाले कृषकका लागि यो सुनौलो अवसर पनि हो’ मन्त्री केसीले भनिन् ।

    बैंकमा धितो राख्न नसक्ने कृषकका लागि सरकार नै जमानी बसिदिएर ऋण उपलब्ध गराउने तयारी गरिएको मन्त्री केसीको भनाइ छ । ‘धितो राख्न नसक्ने तर कृषि क्षेत्रमा केही गर्न चाहने किसानका लागि मन्त्रालय नै जमानी बसेर भए पनि ऋण उपलव्ध गराउँछौं ।’

    कर्णालीमा रहेका क देखि घ वर्ग सम्मका बैंक तथा वित्तीय संस्थामार्फत किसानले ऋण पाउने भनिए पनि अन्य बैंकले रूचि नदेखाएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले ब्याज अनुदान कार्यक्रमका लागि चालु आर्थिक वर्षमा सात करोड रूपैयाँ बजेटको व्यवस्था गरेको छ । उक्त कार्यक्रममार्फत कृषि तथा पशुुपंक्षीको क्षेत्रमा किसानले तरकारी उत्पादन, पशुपंक्षी, मौरीपालन व्यवसायलगायतका २० प्रकारका कर्जा पाउने व्यवस्था गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij