सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

पर्यटनमन्त्रीद्वारा माछापोखरीको अवलोकन

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २७, २०७७



  • फुङ्लिङ ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले धार्मिक तथा पर्यटकीयस्थल माछापोखरीको अवलोकन गरेका छन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेस्थित माछापोखरीको आज मन्त्री भट्टराईले अवलोकन गरेका हुन् ।

    मन्त्री भट्टराईले सो क्षेत्रमा बढीभन्दा बढी पर्यटक भित्रयाउने गरी आवश्यक प्रचारप्रसार, पूर्वाधार निर्माण तथा व्यवस्थापनमा जोड दिन स्थानीयवासीलाई सुझाव दिए ।

    नेपालकै एक मुख्य पर्यटकीय गन्तव्य तिनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्र नजिक रहेको माछापोखरीलाई थप पूर्वाधारसहित पर्यटकीय स्थलका रुपमा विकास गर्न सकेमा टीएमजे भ्रमणमा आएका विदेशी पर्यटक माछापोखरीसम्म पुग्नसक्ने उनको भनाइ थियो ।

    माछापोखरी क्षेत्रलाई आकर्षक बनाउन त्यहाँका मन्दिर लगायतका संरचना, सडक निर्माण लगायतका कार्य गर्न शुरु गरिएको आठराई गाउँपालिका वडा नं। ५ का वडाध्यक्ष सन्तोष लिम्बूले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij