सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

कोरोना भ्याक्सिन सफल भएको घोषणासँगै बजारमा नक्कली भ्याक्सिन बेचिने खतरा

  • प्रकाशित मिति : सोमवार, मंसिर १, २०७७



  • काठमाडौं। कोरोनाभाइरसको भ्याक्सिन सफल भएको घोषणा भएलगत्ते बजारमा नक्कली भ्याक्सिन बेचिन सक्नेछ । जब कुनै पनि कोरोना भाइरस सफल भएको घोषणासहित त्यो भ्याक्सिन बजारमा बेचिने घोषणा गरिनेछ त्यसलगत्तै अपराधीहरुले बजारमा नक्कली भ्याक्सिन उतार्न सक्नेछन् । बेलायतको नेशनल क्राइम एजेन्सीका अधिकारीहरुले यस्तो चेतावनी दिएका हुन् ।

    बेलायती अखबार इण्डिपेन्डेन्टको रिपोर्टअनुसार बेलायतका अधिकारीहरुले नक्कली कोरोना भ्याक्सिनको बिक्री रोक्नको लागि कारवाही सुरु गरिसकेका छन् । अधिकारीहरुका अनुसार महामारीको सुरुवाती समयमा अपराधीहरुले नक्कली पीपीइ किट समेत बेच्ने कोसिस गरेका थिए । बेलायतको नेशनल क्राइम एजेन्सीको इकोनोमिक क्राइम सेन्टरका महानिर्देशक ग्रेएम बिगरले भ्याक्सिनको विषयमा ठूलो आर्थिक घोटाला हुन सक्ने ठूलो खतरा उत्पन्न भएको बताएका छन् ।

    भ्याक्सिन तयार भएसँगै नक्कली भ्याक्सिन बजारमा बेच्ने ग्याङ सक्रिय हुने उनले बताए । यसलाई रोक्नको लागि एजेन्सीले पहिले नै तयारी गरिरहेको उनले बताए । उनका अनुसार आपराधिक समूहले यसअघि पनि कोरोनाभाइरसका विषयमा विभिन्न आपराधिक कामहरु गरिरहेका छन् । उनीहरुले यसअघि नक्कली कोरोना टेस्ट किट पनि बेच्ने कोसिस गरेका थिए । अमेरिकान र बेलायतका अधिकारीहरुले भ्याक्स्नि निर्माण गरिरहेका संस्थानहरुमा पनि श्याकरले आक्रमण गरेको बताएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij