सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बिरामीलाई नर्सले लगाइदिए भाइटीका

  • प्रकाशित मिति : सोमवार, मंसिर १, २०७७



  • चितवन । चाडपर्वका बेलामा अस्पतालमा बस्नु पीडादायी हुन्छ, चाहे विरामी भएर उपचार गर्न जानु परोस्, चाहे विरामीको उपचार गर्न जाने स्वास्थ्यकर्मी नै ।

    सोमबार देशभर भाइटीका मनाइयो । तर विरामी भएर अस्पतालमा भर्ना धेरैले भाइटीका मनाउन पाएनन् ।

    चितवन मेडिकल कलेजमा भने नर्सहरुले बिरामीहरुलाई भाइटीका लगाइदिएका छन् । नर्सहरुले बेडमा सुतिरहेका बिरामीहरुलाई भाइटीका लगाएको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत प्रताप देवकोटाले जानकारी दिए । उनीहरुले अस्पतालमा उपचाररत १५७ जना बिरामीलाई भाइटीका लगाइदिए ।

    नर्सहरुले भाइटीकाक लगाइदिँदा निकै खुसी लागेको अस्पतालमा उपचाररत हेटौडा कमानेका ३४ बषर्ीय रमेश देउजाले बताए । ‘अरू दिनमा उहाँहरूले हाम्रो सेवा गर्नुहुन्थ्यो, आज सेवासँगै भाइटीका पनि लगाइदिनुभयो’ देउजाले भने, ‘भाइटीकाको दिनमा घर नभए पनि दिदिवहिनीले याद ताजा भयो ।’

    अस्पतालकी नसिङ अफिसर अंकिता कुँवरले पुरुष बिरामीहरुलाई उहाँहरुकै बेडबेडमा पुगेर भाइटीका लगाएर दीघायूको कामना गरिएको बताइन् । ‘हामीले पनि आफ्ना दाजुभाइलाई मिस गर्‍यौं, उहाँहरुले पनि गर्नुभयो होला’ कुँवरले भनिन्, ‘जहाँ जस्तो अवस्थामा छौं, त्यहीँ रमाऔं भनेर टीका लगाइदियौं ।’

    यसरी चाडपर्व मनाउँदा बिरामीहरु निकै उत्साहित र खुसी भएको आफूले पाइएको बताइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij