शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आगामी क्रिसमसभन्दा अगाडि कोरोनाको खोप बजारमा ल्याउने बेलायतको घोषणा

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २, २०७७



  • लण्डन (एजेन्सी)। बेलायतले आगामी क्रिसमसभन्दा अगाडि कोरोना भाइरसविरुद्धको खोप बजारमा ल्याउने घोषणा गरेको छ। सोमबार कोरोना भाइरसविरुद्ध प्राप्त यो दोस्रो खुशीको खबर हो। बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले बेलायतमा आगामी क्रिसमसभन्दा पहिला कोरोना भाइरसविरुद्धको खोप बजारमा ल्याउने बताएका हुन्।

    बीबीसीसँगको कुराकानीमा उनले अमेरिकी कम्पनी फाइजरले विकास गरेको खोप बजारमा ल्याउन घोषणा गरेका हुन्। यसअघि सोमबार नै अमेरिकी कम्पनी मड्रेनाले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी रहेको खबर आएको थियो। मड्रेनाले विज्ञप्ति जारी गर्दै आफ्नो कम्पनीले विकास गरेको खोप ९५ प्रतिशत सफल देखिएको जनाउँदै सोमबारको दिनलाई एक महान दिन भनेको थियो।

    यसअघि फाइजरलेपनि आफूले विकास गरेको खोप ९० प्रतिशत सुरक्षित रहेको बताएको थियो।

    मड्रेना र फाइरजले अत्याधुनिक प्रविधिको प्रयोग गरेर खोप विकास गरेको जनाएका छन्। तर, फाइजरभन्दा मड्रेनाको खोप सफल हुने जानकारहरुले बताएका छन्। फाइजरको खोप भण्डारण गर्न अल्र्टा फ्रिजको आवश्यकता पर्छ भने मडे्रनाको खोपलाई त्यस्तो फ्रिजको आवश्यकता नपर्ने जनाइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij