शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

साढे २२ करोड रुपैयाँ मूल्यमा बिक्री भएको परेवा !

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २, २०७७



  • काठमाडौं। एउटा परेवाको मूल्य कति पर्ला ? केही समय वा बढीमा १–२ हजार । हामी नेपालीले सोच्ने सामान्य मूल्य यही हो । तर, एउटा परेवा भने यति धेरै मूल्यमा बिक्री भएको छ कि त्यसको मूल्य सुन्दा पनि हामी चकित पर्छौं । बेल्जियमको न्यू किम रेसिङ परेवा १६ लाख यूरो (साढे २२ करोड नेपाली रुपैयाँ)मा बिक्री भएको छ । समाचार एजेन्सी रोयटर्सको रिपोर्टअनुसार यो परेवाको लिलामीमा सुरुवाती मूल्य मात्रै २ सय युरो थियो तर लिलाम बढाबढमा बढ्दै जाँदा १६ लाख युरोसम्म पुग्यो ।

    यो परेवा आफ्नो प्रजातिको सबैभन्दा तीब्र गतिमा उड्न सक्ने परेवा हो । रिपोर्टअनुसार यो परेवालाई बेल्जियमको हालेस्थित पिपा पिजन सेन्टरमा भएको लिलामीमा एक चिनियाँ नागरिकले किनेका हुन् । यसलाई किन्नको लागि २ जना चिनियाँ नागरिकले लिलाम बढाबढ गरेका थिए । दुवैले आफ्नो पहिचान खुलाएका छैनन् । यी चिनियाँ नागरिकमध्ये एक जनाले सुपर डुपर र अर्काले हिटम्यान नामबाट लिलामीमा सहभागी भएका थिए । लिलामीमा बढ्दै जाँदा अन्त्यमा सुपर डुपरले सबेभन्दा महंगो मूल्य तिरेर यो सुगा किने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij