सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

मेलम्चीबाट एकैदिन २६ जुवाडे पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २, २०७७



  • सिन्धुपाल्चोक । जिल्लास्थित इलाका प्रहरी कार्यालय मेलम्ची सिन्धुपाल्चोकले एकैदिन विभिन्न स्थानबाट नगदसहित २६ जुवाडे पक्राउ गरेको छ ।  सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाका विभिन्न स्थानमा जुवा खेलिरहेका अवस्थामा उनिहरूलाई पक्राउ गरेको हो ।

    ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले मेलम्ची नपा वडा नम्बर ८  केउरेनीमा चुलनाथ गिरीको घरमा अवैध रूपमा जुवा कौडा खेलिरहेको अवस्थामा ६ जनालाई १६ थान कौडासहित नगद १ लाख ४ हजार ५ सय पैंतालीस नगद बरामद गरिएको बताए ।

    त्यस्तै प्रहरी निरीक्षक तामाङका अनुसार  वडा नम्बर ५ सिन्धुकोटमा रहेको हरि भन्ने लोकबहादुर रायमाझीको घरमा कौडा खेलाईरहेको अवस्थामा नगद ३ लाख तेईस हजार ३ सय पैंतालीस नगद सहित २० जना पक्राउ परेका छन् ।

    उक्त जुवा घरवाट प्रहरीले १६ थान कौडा, ५ बुक  तास समेत बरामद गरेको छ । पक्राउ परेका २६ जनाविरुद्ध जुवा ऐन अन्तर्गत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij