सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

१४ देखि ७० वर्ष उमेरका व्यक्तिले रुचाए हाइनेस सीबी ३५० बाइक

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २, २०७७



  • काठमाडौं । होन्डाले भारतीय बजारमा २० दिनमै १ हजार युनिट हाइनेस सीबी ३५० डेलिभरी गरेको छ ।

    सो बाइक १४ देखि ७० वर्ष सम्मका व्यक्तिले समेत रुचाएको होन्डाले बताएको छ । रेट्रो स्टाइलको आधुनिक सो बाइकले हाल निकै नै चर्चा पाएको छ ।

    नेपाली बजारमा समेत सो बाइक केही समय पछि आउने अनुमान गरिएको छ ।

    यो मोटरसाइकलले हाल बजारमा सर्बाधिक बिक्री हुने रोयल इन्फिल्ड क्लासिक ३५० का साथै बेनेली इम्पेरियल ४००, जावा र केही समयमै लन्च हुने रोयल इन्फिल्ड मेटियरसँग प्रतिस्पर्धा गर्नेछ । यसको मूल्य १ लाख ९० हजार भारु तोकिएको छ ।

    होन्डा सीबी ३५० लाई १९६० र १९७० दशकको रेट्रो डिजाइनमा बनाइएको छ, जसमा वृत्ताकार हेडलाइट, सिंगल पोड इन्स्ट्रयुमेन्ट क्लस्टर, क्रोम फेन्डर्स र क्रोम एक्जस्ट आदि छ । होन्डा हाइनेस सीबी ३५० दुई भेरिएन्ट डीएलएक्स र डीएलएक्स प्रो मा उपलब्ध हुनेछ ।

    १५ लिटर इन्धन ट्यांक क्षमताको यो बाइकको तौल १ सय ८१ किलोग्राम रहेको छ । झट्ट हेदा यो बाइक सानो देखिएपनि पूर्णत मेटल बडीका कारण हेभी भएको हो ।

    हाइनेस सीबी ३५० मा ३४८.३६ सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन छ, जसले ५,५०० आरपीएममा २०.८ बीएचपी पावर र ३,००० आरपीएममा ३० एनएम टर्क जेनेरेट गर्छ ।नेपाल अटो

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij