सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

हरेक जनताको सुख दुःखको भागिदार जनप्रतिनिधि हुनुपर्छ भन्दै उपप्रमुखले लगाइन् सामूहिक भाइटिका

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २, २०७७



  • काठमाडौं । इटहरी उपमहानगरपालिका की उपप्रमुख लक्ष्मी गौतमले आइसोलेसनमा रहेकालाई सामूहिक भाइटिका लगाएकी छन्। चाडवाडको बेलामा पनि निरन्तर काममा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई सामूहिक भाइटिका लगाइदिएकी छन्।

    कोरोना संक्रमित भएर आइसोलेसनमा रहेकालाई संक्रमित महिलाले नै टिकामाला लगाइदिएको उपप्रमुख गौतमले बताइन्। उनले भनिन, ‘हामी जनप्रतिनिधि भएपछि जनताको हरेक सुख र दुःखको भागिदार हुनु पर्छ। हामीले उहाँहरुको दुःखमा साथ नदिए कसले दिने।’

    चाडवाडमा पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरु निरन्तर काममा खटिएपछि आफ्नै दाजुभाई काममा भएको अनुभुति भएर टिका लगाईदिएको उपप्रमुख गौतमले बताईन्। ‘उहाँहरुको पनि आखाँमा आँशु आएको थियो,’ उपप्रमुख गौतमले भनिन्, ‘चाडवाडमा घर जान नपाउँदा सबैको मनमा खिन्नता उत्पनन हुन्छ नै। उहाँहरु काममा खटिरहनु भएको छ। हामीले उहाँहरुलाई यस्तो बेलामा सहयोग गरेर आत्मबल बलियो बनाउनु पर्छ।’

    वर्ष दिनको चाडबाडका बेला सङ्क्रमित भएर घर परिवारभन्दा टाढा बस्नुपर्दा र उहाँहरुको स्वास्थ्य र सुरक्षाका लागि चाडपर्व पनि नभनी खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई चाडबाडको अनुभूति दिलाउन टीका लगाइदिएको उपप्रमुख गौतमले बताइन्। दशैंमा पनि सामूहिक टिका लगाइएको उनले जानकारी दिइन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij