सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

जन्ती लिएर फर्किंदै गरेको गाडी दुर्घटना, १४ जना जन्तीको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ५, २०७७



  • काठमाडौं। भारतको उत्तर प्रदेशमा भएको एक सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआइका अनुसार मानिकपुर थानाको देशराज क्षेत्रमा जन्ती लिएर फर्किंदै गरेको बोलेरो जीप अनियन्त्रित भएर ट्रकसँग ठोक्किएको हो । बिहीबार अबेर राती भएको दुर्घटनामा १४ जना जन्तीको मृत्यु भएको समाचारमा जनाइएको छ । ड्राइभरलाई निद्रा लागेका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

    सबै जन्ती शेखपुर गाउँमा विवाहमा सहभागी भएर फर्किंदै थिए । दुर्घटनामा मृत्यु भएकामध्ये ६ जना बालबालिका रहेको बताइएको छ । पुलिसले सबैको शवलाई पोस्टमार्टमका लागि पठाएको छ । मृत्यु भएकामध्ये १२ जना एउटै गाउँका भएको बताइएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाबारे दुःख व्यक्त गरेका छन्

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij