आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बाग्मती प्रदेशमा कोरोनाबाट ६३१ जनाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ५, २०७७



  • बाग्मती, मंसिर ५ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट हेटौंडालगायत बाग्मती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ ।

    बाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा एक लाख १७ हजार १९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    मन्त्रालयको कोभिड–१९ का प्रवक्ता डा. पुरुषोत्तम सेढाईंका अनुसार कूल सङ्क्रमितमध्ये ९८ हजार ५५९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

    प्रदेशमा कोरोना सङ्क्रमणबाट निको हुने दर ८४ प्रतिशत रहेको उहाँको भनाइ छ ।

    प्रवक्ता डा. सेढाईंका अनुसार मुलुकका कूल कोरोना सङ्क्रमितमध्ये वाग्मती प्रदेशमा ५० प्रतिशत छ ।

    कोरोनाको सङ्क्रमणबाट सुरक्षित रहन सरकारले निर्धारण गरेको मापदण्ड पालना गर्नुपर्ने उहाँको भनाइ छ ।

    हेटौँडा उपमहानगरपालिका–५ की ६४ वर्षीया एक महिलाको कोरोना सङ्क्रमणबाट शुक्रबार आफ्नै घरमा मृत्यु भएको छ ।

    उनलाई गत कात्तिक १८ गते कोरोना पृष्टि भएको थियो ।

    शव व्यवस्थापन नेपाली सेनाले गर्ने निजको परिवारले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij