सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

काठमाडौं उपत्यकामै संक्रमितको संख्या १ लाख नाघ्यो, सक्रिय संक्रमित १२ हजार बढी

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ५, २०७७



  • काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख ८७२ पुगेको छ । यो देशभरकै कुल संक्रमितको ४६ प्रतिशत हो । तिमध्ये हाल १२ हजार ६९२ जना संक्रमित सक्रिय रहेका छन् ।

    उपत्यकाको भक्तपुरमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ७ हजार ३३६ जना, ललितपुरमा ११ हजार ९४८ जनार काठमाडौँमा ८१ हजार ५८८ जना रहेका छन् ।

    संक्रमितमध्ये ४८८ जनाको मृत्यु भइसकेको छ, भने ८७ हजार ६९२ जना संक्रमणमुक्त भएर फर्किएका छन् ।

    हालसम्म काठमाडौँमा ७१ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् भने ३१६ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमित ९ हजार ६८१ जना छन् ।

    यस्तै ललितपुरमा ९ हजार ६३१ संक्रमणमुक्त भएका छन् भने ८९ जनाको मृत्यु भएको छ । २ हजार २२८ संक्रिय संक्रमित छन् ।

    भक्तपुरमा ६ हजार ४७० जना संक्रमणमुक्त भएका छन् भने ८३ जनाको मृत्यु भएको छ । भक्तपुरमा ७८३ संक्रिय संक्रमित छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११०७ जना संक्रमित थपिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij