सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

३ लाख २० हजार घुससहित मालपोतका दुई कर्मचारी पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ५, २०७७



  • दाङको तुलसीपुर मालपोत कार्यालयमा कार्यरत दुई कर्मचारीलाई घुससहित पक्राउ गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जले मालपोतका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई तीनलाख २० हजार घुससहित पक्राउ गरेको हो ।

    जग्गा नाँपजाँच गरि पूर्जा बनाईदिने भन्दै सेवाग्राहीबाट घुस लिदै गर्दा शुक्रबार दिउसो साढे १ बजेतिर उनीहरुलाई पक्राउ गरिएको हो । अहिले उनीहरुलाई तुलसीपुरबाट नेपालगञ्ज लैजाने तयारी गरिएको आयोगका कार्यालय प्रमुख गणेश गैरेले बताए ।

    यता कार्यालय प्रमुख नरेश खड्काले एक जना कार्यालय सहयोगी घुस लिने क्रममा पक्राउ परेको भनी जानकारी आएको भएपनि अन्य कुराको आफुलाई जानकारी नभएको प्रतिक्रिया दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij