सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

पोखरामा प्याराग्लाइडिङ दुर्घटना : पाइलटको मृत्यु, यात्रु घाइते

  • प्रकाशित मिति : सोमवार, मंसिर ८, २०७७



  • पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ भने यात्रु घाइते भएका छन् ।

    फेवातालको सिरान क्याम्पचोकमा ल्याण्ड गर्ने क्रममा फिस्टेल प्याराग्लाइडिङ दुर्घटनामा परेको हो । ल्याण्डिङ एसियाभन्दा करिव डेढ किलोमिटरमाथि जमिनमा प्याराग्लाइडिङ खसेको कास्कीका डीएसपी सुवास हमालले बताए ।

    दुर्घटनामा चालक पोखरा महानगरपालिका–२८ घर भई लेकसाइड ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको छ ।

    यात्रु बूढानीलकण्ठ नगरपालिका–२, काठमाडौंकी २८ वर्षीया शिला श्रेष्ठ घाइते भएकी छन् ।

    दुघर्टनापछि दुबैलाई उद्दार गरेर सिर्जना चोकमा रहेको मेट्रोसिटी अस्पताल लगिएको थियो । टाउकोमा चोट लागेका चालक नेपालीलाई चिकित्सकले मृत घोषणा गरे ।

    डीएसपी हमालका अनुसार छाती र खुट्टामा चोट लागेकी श्रेष्ठको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि काठमाडौं ल्याइँदैछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij