सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

गर्भवती र सुत्केरीको हवाई उद्धार राष्ट्रपति महिला उत्थान समन्वय एकाईकै पहलमा

  • प्रकाशित मिति : मङ्लबार, मंसिर ९, २०७७



  • काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गर्भवती र सुत्केरीको हवाई उद्धार राष्ट्रपति महिला उत्थान समन्वय एकाईकै पहलमा हुँदै आएको स्पष्ट पारेको छ ।

    हवाई उद्धार गरिएको विषय विभिन्न व्यक्ति, सङ्घसंस्था तथा विभिन्न निकायको पहलमा उद्धार भएको भनी विभिन्न सञ्चार माध्यममा समाचार सम्प्रेषण हुने गरेकोप्रति मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    यसरी समाचार सम्प्रेषण गर्दा गर्भवती तथा सुत्केरीको हवाई उद्धारबारे सर्वसाधारणमा दुविधा उत्पन्न भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    समाचार सम्प्रेषण हुँदा वास्तविक रुपमा सेवा लिनुपर्ने लक्षित वर्गले उक्त सेवा लिन कहाँ र कसरी सम्पर्क गर्ने भन्नेबारेमा दुविधा उत्पन्न भइ सेवाग्राही प्रभावित हुने तथा यथार्थ सूचना र जानकारीबाट वञ्चित हुने गरेको मन्त्रालयले जनाएको छ ।

    यसबाट समयमै उद्धार र उपचार गर्ने कार्यमा समेत ढिलाइ हुने र गर्भवती तथा सुत्केरीको ज्यान झन जोखिममा पर्ने देखिएकाले हवाई उद्धारको समन्वय सिधै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा रहेको राष्ट्रपति महिला उत्थान समन्वय एकाईकै पहलमा भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

    मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाईको समन्वयमा आर्थिक वर्ष २०७५÷०७६ देखि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार सम्बन्धि कार्य गर्दै आएको छ ।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा रहेको राष्ट्रपति महिला उतथान कार्यक्रमबाट नेपाली सेना, स्थानीय स्वास्थ्य संस्था, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार सम्बन्धि कार्य हुँदै आएको मन्त्रालयले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij