सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

विद्यालय सञ्चालन गर्न सरोकारवालासँग छलफल

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १२, २०७७



  • भादगाउँ । भक्तपुर नगरपालिकाले विद्यालय सञ्चालन गर्ने गृहकार्य थालेको छ । नगरपालिकाले आज सामुदायिक र संस्थागत विद्यालयका सरोकारवालासँग छलफल गर्दै कोरोना सङ्क्रमणको जोखिमका कारण बन्द हुँदै आएको विद्यालय सञ्चालनका लागि गृहकार्य थालेको हो ।

    सरकारले कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै विद्यालय खोल्न नखोल्ने जिम्मेवारी स्थानीय पालिकालाई दिएपछि भक्तपुर नगरपालिकाले नगरभित्रका विद्यालय सञ्चालनका लागि छलफल गरेको हो । छलफलमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारले सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७’ सार्वजनिक गरिसकेको अवस्थामा स्थानीय तहले कोरोनाको अवस्था हेरेर विद्यालय सञ्चालन गर्न सकिने हुँदा नगरपालिकाले सरोकारवालासँग विभिन्न चरणमा छलफल अगाडि बढाएको बताए ।

    उनले कोभिड–१९ को जोखिम बढिरहेको वर्तमान अवस्थामा सङ्क्रमणको जोखिमलाई मूल्याङ्कन गरी विद्यालयमा विद्यार्थीको उपस्थितिमा कक्षा सञ्चालन गर्नु थप जोखिम मोल्नुपर्ने हो कि भन्ने आशङ्का व्यक्त गर्दै अनलाइन कक्षालाई परिस्कृत ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिए ।

    छलफलमा सहभागी शिक्षक सङ्गठनका प्रतिनिधिले कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न हतार नगर्न सुझाव दिएका थिए । छलफलमा सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधिले लामो समयदेखि बन्द रहेको विद्यालय सञ्चालन गर्नुपूर्व कक्षाकोठा निर्मलीकरण गर्नुपर्ने, जनस्वास्थ्य सुरक्षाका मापदण्डको पूर्णतः पालना गर्नुपर्ने, वैकल्पिक शिक्षण पद्धतिलाई जोड दिंदै लानुपर्ने, कक्षा अवधिको समय छोट्याउने वा हप्तामा केही दिन वा केही घण्टा गरी कक्षा सञ्चालन गर्ने, अनलाइन कक्षामा सहभागी नभएका विद्यार्थी सामाजिक दूरी कायम गरी विद्यालयमा कक्षा लिन सकिनेलगायत विकल्प रहेको बताएका थिए ।

    उनीहरूले विद्यार्थी सङ्ख्यालाई आधार मानेर चरणबद्ध विद्यालय सञ्चालन गर्नेतर्फ ध्यान दिनुपर्ने, शिक्षकलाई प्रविधियुक्त बनाउन आइसिटी तालिमलाई निरन्तरता दिनुपर्ने, विद्यालय सञ्चालन गर्ने विषयमा अभिभावकबीच अन्तरसंवादको खाँचो औँल्याए। छलफलमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, नगर शिक्षा शाखा प्रमुख हरिप्रसाद निरौला, विद्यालयस्तरीय परीक्षा समितिका प्रतिनिधि, संस्थागत विद्यालय सङ्घ (इसान), प्याब्सन र एनप्याब्सनका प्रतिनिधिहरुको उपस्थिति थियो । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij