सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

गोलबजारका दुई पसलमा आगलागी

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १६, २०७७



  • लहान । सिरहाको गोलबजार नगरपालिका– ४ का दुई कपडा पसलमा आज बिहान आगलागी हँुदा करीब रु दुई करोड मूल्य बराबरको क्षति भएको छ । गोलबजारस्थित कञ्चन वस्त्रालय र किसन ट्रेडर्स एण्ड सप्लायर्समा आगलागी हुँदा नगद रु ५० हजारसहित कपडा जलेर नष्ट भएको छ ।
    आगलागीबाट सँगै रहेका दुई कपडा पसलमा रहेका कपडालगायत सम्पूर्ण समान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

    पसलका सबै सटर बन्द थिए । विद्युत् चुहिई आगलागी भएको हुन सक्ने अनुमान गरिए पनि यकिन हुन नसकेको प्रहरीले जनाएको छ । गोलबजार, मिर्चैया र लहान नगरपालिकाका वारुणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयवासीका प्रयासमा आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक राईले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij