सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

यसबर्ष कम चिसो हुने अनुमान

  • प्रकाशित मिति : आइतवार, मंसिर २१, २०७७



  • काठमाडौं। यस वर्षको हिउँदमा औसतभन्दा कम चिसो हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हिउँदमा सरदरभन्दा कम वर्षा हुने र सरदरभन्दा बढी सुक्खा र तातो हुने भएकाले कमचिसो हुने आकलन गरिएको हो ।

    पश्चिमी वायुको सक्रियता यस वर्ष नेपालमा कम हुने भएकाले पनि हिउँदमा वर्षा र हिमपात विगतभन्दा कम हुने अनुमान गरिएको छ । त्यसैले पनि औसतभन्दा कम चिसोको अनुभूति यसपटक हुने अनुमान गरिएको हो।

    पश्चिमी वायुको प्रणाली दक्षिण एसियाको अफगानिस्तान, पाकिस्तान, भुटान, जम्मु–काश्मीर हुँदै नेपाल भित्रिने गर्छ । यी सबै क्षेत्रमा नै यस वर्ष अलिक सुक्खा र कम हिउँदे वर्षा रहने दक्षिण एसियाली जलवायु आकलन मञ्च (सास्कोफ)ले प्रक्षेपण गरिसकेको छ ।

    सोही अनुसार नेपालको जल तथा मौसम विज्ञान विभागले पनि नेपालमा यस वर्षको चिसो सरदरभन्दा कम हुने सम्भावना सार्वजनिक गरेको हो । बेलायत, अमेरिका, युरोप लगायतका मुलुकले तयार पारेको जलवायु प्रारूप (मोडल)ले पनि दक्षिण एसिया क्षेत्रमा हिउँदमा हिमपात गराउने प्रणाली कम आउने देखाएको छ ।

    जस अनुसार सरदरभन्दा बढी तातो र सुक्खा हुने र वर्षा सरदरभन्दा कम हुने पूर्वानुमान गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij