सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

माइनस ५० डिग्री चिसोमा कारमा फसेका युवकको एक हप्तासम्मको संघर्षपछि मृत्यु

  • प्रकाशित मिति : आइतवार, मंसिर २१, २०७७



  • काठमाडौं। कार लिएर हिँडिरहेका एक किशोरले बाटो बिराएपछि हिमपातको बीचमा फसे । उनले बाँच्नको लागि एक हप्तासम्म संघर्ष गरे । तर, त्यो अवधिमा तापक्राम घटेर माइनस ५० डिग्रीमा झरेपछि अन्ततः ती युवकको ज्यान गएको छ । उनका एक साथी भने ज्यान बचाउन सफल भएका छन् तर बााच्ने साथीको हालत पनि गम्भीर भएको बताइएको छ ।

    रसिया टुडेका अनुसार ती युवकको मृत्यु रुसको यकुतिया क्षेत्रमा भएको हो । यो क्षेत्रमा अत्याधिक चिसो हुन्छ । यस क्षेत्रमा हराइरहेका १८ वर्षका युवकको करिब १ हप्तादेखि खोजी भइरहेको थियो । अन्ततः उनको लाश भेटियो । रिपोर्टका अनुसार दुई किशोरहरुले रुसको यकुत्स्कबाट मगादन जानको लागि २८ नोभेम्बरमा यात्रा सुरु गरेका थिए । उनीहरु टोडोटा चेजर कार लिएर हिँडेका थिए ।

    यी दुई शहरलाई जोड्ने कालिमा हाइवेलाई निकै खतरनाक मानिन्छ । यो सडकलाई रोड अफ बोन्स अर्थात हड्डीहरुको सडक पनि भनिन्छ । जाँचकताृहरुका अनुसार यो क्षेत्रमा रातको समयमा तापक्रम माइनस ५० डिग्रीसम्म झर्छ । जाँचमा युवकको कारको रेडिएटर पनि फुटेको पाइएको छ ।

    खोजीको क्रममा युवकको कार मुख्य हाइवेबाट बाहिर बन्द गरिएको सडकमा भेटिएको छ । कार कसरी मुख्य हाइवे छाडेर बन्द गरिएको सडकमा पुग्यो भन्ने प्रस्ट छैन । जहाँ युवकको कार भेटियो त्यहाँबाट सबैभन्दा नजिकको मानव बस्ती १२० किलोमिटर टाढा पर्छ । जीवित भेटिएका युवक पनि चिसोका कारण बिरामी भएका थिए । उनलाई तत्काल अस्पताल भर्ना गरिएको छ र उनको स्थिति गम्भीर बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij