सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

किसानको कहरः मिल मालिकसँग उखुको मोल उठाई माग्न माइतीघरमा आन्दोलन

  • प्रकाशित मिति : आइतवार, मंसिर २८, २०७७



  • काठमाडौं, मंसिर २८ । आफ्नो उत्पादनको मोल पाउन पनि पटक पटक आन्दोलन गर्न बाध्य उखु किसानले फेरि काठमाडौंमा आन्दोलन थालेका छन् ।

    पुष महिनाको चिसोको पर्वाह नगरी तराईका विभिन्न जिल्लाबाट आएका उखु किसानले काठमाडौंको माइतीघर मण्डलमा आइतबारदेखि प्रदर्शन थालेका हुन् ।

    आफ्नो उखु लगेका चिनी मिल सञ्चालकबाट बाँकी रकम उठाइदिन उनीहरुले माग गरेका छन् । उनीहरुले मिल मालिकसँग बाँकी रकम उठाइदिने सरकारी बाचा पूरा नगरिएकामा पनि आपत्ति जनाएका छन् ।

    उनीहरूले गत वर्षको पुस १६ गते आफूहरुसँग गरिएको सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दै माग पूरा नभए सिंहदरबार र बालुवाटार घेराउ गरिने चेतावनी पनि दिएका छन् ।

    मंसिर २६ गतेसम्ममा किसानका बाँकी बक्यौता सबै चुक्क्ता गर्न गरिएको सम्झौता एक वर्षसम्ममा मिल मालिकले पूरा नगरेकाले आफ्ना पीडा सुनाउन काठमाडौं नै आउनुपरेको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रको भनाइ छ ।

    उद्योग मन्त्रीसँग भेटेर आफ्ना समस्या राख्दा सबै पैसा दिलाउने उहाँले गरेको बाचा पनि पूरा नभएको उनीहरुको भनाइ छ ।

    चार वटा चिनी मिलले उखु किसानका करोडौं रुपैयाँ तिर्न बाँकी छ । उखु मिलसँग किसानले अझै ५२ करोडभन्दा धेरै रकम लिन बाँकी रहेको जनाइएको छ ।

    सबैभन्दा बढी श्रीराम सुगर मिलसँग २६ करोड, अन्नपूर्ण सुगर मिलसँग १७ करोड, लुम्बिनी सुगर मिलसँग ८ करोड ४१ लाख र इन्दिरा सुगर मिलसँग ४ करोड ७० लाख रुपैयाँ किसानले लिन बाँकी रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij