सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

‘घरमा शव आयो तर उखुको पैसा आएन’

  • प्रकाशित मिति : बुधबार, पुस १५, २०७७



  • लहान। विभिन्न बैंकको गरी करिब १८ लाख ऋणको भारी । जमीन निलाम गरिदिने बैंकहरूको चेतावनी । चिनी मिलसँग करिब साढे २४ लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ । भुक्तानीका लागि काठमाडौंको माइतीघरमा सरकार पुकार्दै गरेका सर्लाही धनकौल गाउँपालिका–७ छोटौलका ६५ वर्षीय उखु किसान नारायण राय यादवको मंगलबार बिहान निधन भएको छ ।

    माइतीघरमा धर्ना आन्दोलन सकेर जोरपाटीको कृष्ण मन्दिरमा बस्दै आएका यादव मंगलबार बिहान ६ बजे अचानक ढले । त्यहाँबाट उनलाई नजिकैको अस्पताल पुर्‍याइयो । यहाँ उपचार सम्भव नहुने भन्दै गंगालाल अस्पताल लगिएको थियो । गंगालाल अस्पतालमा उपचारका क्रममा बिहान ९ बजे निधन भएको उखु किसान संघर्ष समितिका गोपाल यादवले बताए । यादवका अनुसार सुरुमा चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पतालमा भर्ना गरिएको थियो । डाक्टरले अवस्था नाजुक रहेको भन्दै गंगालाल अस्पतालममा रिफर गरेका थिए ।

    यादवले अन्नपूर्ण सुगर मिल धनकौलबाट २४ लाख ६३ हजार रुपैयाँ लिनुपर्ने थियो । उखु बेचेको भुक्तानी माग गर्दै उनी मंसिर ३० गत्ते काठमाडौं आएका थिए । आन्दोलन २८ गतेबाट सुरु भएको थियो । सधैं आन्दोलनमा सक्रिय सहभागिता जनाउने उहाँ कृष्णभक्त हुनुहुन्थ्यो,’ आन्दोलनका संरक्षक सदस्य चन्द्रमोहन चौधरीले भने, ‘बैंकको ऋणले परेसान उनी मिलबाट रुपैयाँ नपाउँदा चिन्तित थिए । बैंक ऋणको ब्याज बढ्दै गइरहेको थियो । यता, मिलबाट पाउनुपर्ने रुपैयाँको टुंगो थिएन ।’

    यसपटक पनि सरकारले पहिला जस्तै कागजमा सम्झौता मात्र गरे तर उनले रुपैयाँ पाएनन् । पहिला जस्तै सम्झौता कागजमै सीमित पो हुने हो कि भन्ने तनाब पनि उनको मृत्युको एउटा कारण हुनसक्छ चौधरीले भने, ‘हुन त यसपटक सरकारले २१ दिन भित्र किसानको खातामा मिल मालिकबाट रुपैयाँ भराउने लिखित बाचा गरेको छ ।’ नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij