सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

रसुवामा आगलागीबाट दुई घर जलेर नष्ट

  • प्रकाशित मिति : बुधबार, पुस १५, २०७७



  • रसुवा । उत्तरी रसुवाको गत्लाङ्मा आज भएको आगलागीबाट दुई घर नष्ट भएका छन् । प्रहरी कार्यालय रसुवाका अनुसार आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गत्लाङ गाउँका बमबहादुर तामाङ र चुङ्थुङ तामाङको घर आगलागी भएको हो । सो आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

    करीब ६०० घरधुरी रहेको गाउँ बीचमा रहेका ती दुई घर नष्ट भएको र अन्य घर जोगाउन स्थानीयवासीले आगो नियन्त्रण गरेका थिए । क्षतिको विवरण लिने काम भइरहेको र घटनास्थलमा नेपाल प्रहरी पुगिसकेको स्थानीयवासी पेम्बा तामाङले बताए । आगलागीको कारण भने अझै पत्ता लागेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij