सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बुधबार यी स्थानमा वर्षा र हिमपातको सम्भावना

  • प्रकाशित मिति : बुधबार, पुस २९, २०७७



  • काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, प्रदेश एक र दुईका केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार दिउँसो यी प्रदेशका एक दुई स्थानमा वर्षा उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुने महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

    स्थानीय वायुको सक्रियताका कारण वर्षा र हिमपात हुने महाशाखाले जनाएको छ । केही दिनदेखि दक्षिणी वायुको प्रभावका कारण न्यानो महसुस भएकोमा मंगलबारदेखि स्थानीय वायु सक्रिय भएर वर्षा र हिमपात गराउने भएकाले चिसो बढ्ने महाशाखाको अनुमान छ । बुधबार र बिहीबार देशभरको मौसम थप बदली भई वर्षा र हिमपात हुने मौसमविद् मानन्धरले बताउनुभयो । वर्षा हुँदा आकास खुलेर चिसो बढ्ने महाशाखाले उल्लेख गरेको छ ।

    बुधबार बिहान देशका धेरैजसो स्थानको मौसम बदली भएको छ । तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । उपत्यकाको बिहानको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो तापक्रम बढेर २३ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij