सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

ट्र्याक्टरको ठक्करबाट वृद्धको मृत्यु

  • प्रकाशित मिति : शनिबार, माघ २४, २०७७



  • मकवानपुर । मकवानपुरगढीमा आज बिहान ट्र्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका–३ बस्ने ७० वर्षीया जुनकिरी परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    आज बिहान मकवानपुरढीबाट मक्रान्चुलीतर्फ जाँदै गरेको ना७त ३८३ नंको ट्र्याक्टरको ठक्करबाट परियार गम्भीर घाइते भएका थिए। उनको हेटौँडा उपमहानगरपालिका–१ स्थित सञ्चो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।

    उनका अनुसार ठक्कर दिने ट्र्याक्टर र चालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिई घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij