सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

विद्याकी देवी सरस्वतीको पूजाआजा गरेर श्रीपञ्चमी पर्व मनाइँदै

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ४, २०७७



  • काठमाडौं । आज श्रीपञ्चमी पर्व । हरेक वर्ष माघ शुक्लपञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आरधना गरी श्रीपञ्चमी पर्व मनाइन्छ ।

    वसन्त पञ्चमीको दिन सरस्वतीको पूजा गरे ज्ञान र विद्या बढ्ने विश्वास छ । आज सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लाग्ने गरेको छ ।

    विद्यालय नपठाइएका साना बालबालिकालाई यहि दिनदेखि अक्षरारम्भ गराउने चलन छ । यसदिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।

    विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजाराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

    सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्तपञ्चमी’ पनि भन्ने गरिन्छ ।

    यस दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । माघ र फागुन महिना शिशिर ऋतुमा मानिएकाले यो ऋतुमा पर्ने पञ्चमीलाई श्रीपञ्चमी भनिएको हो ।

    यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनमा खुशी भर्न समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताउनुभएको छ ।

    श्रीपञ्चमीको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश आवश्यक हुनुपर्नेमा जोड दिनुभएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij