आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

‘…किरेमिरे जाले रुमाल’ गीतका सर्जक तथा गायक श्रेष्ठको निधन

  • प्रकाशित मिति : शुक्रबार, चैत्र १३, २०७७



  • काठमाडौं । ‘किरेमिरे जाले रुमाल’ गीतका सर्जक तथा गायक टिका बहादुर श्रेष्ठको निधन भएको छ। म्याग्दीबाट बसाईसराई गरेर रुपन्देही गएका श्रेष्ठको ७५ वर्षको उमेरमा निधन भएको हो।

    ‘बेनीको बजार, जता माया उतै छ नजर…’ गीतबाट बेनीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन श्रेष्ठको ठूलो हात रहेको छ।

    जनजिब्रोमा रहेको उक्त गीत २०३१ सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो। रेकर्ड गरेपछि विश्वभरका नेपालीमाझ निकै चर्चामा आएको थियो।

    श्रेष्ठकी श्रीमती मुना छन्त्याल र रचनाकार श्रेष्ठको युगल स्वर रहेको यो गीत अहिलेसम्म पनि चर्चाको शिखरमा छ । यही गीतका आधारमा नै बेनी बजारलाई मायालुको शहर भनेरसमेत चिनिन्छ ।

    मिर्गौलाको समस्याबाट पीडित श्रेष्ठले नियमितरुपमा डायलासिस गराईरहेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij