आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

यात्रुबाहक बसमा स्कुटर ठोक्किँदा चितवनमा बाबु-छोरी र भतिजीको मृत्यु

  • प्रकाशित मिति : आइतवार, चैत्र १५, २०७७



  • चितवनको पकौडीमा यात्रुबाहक बसमा स्कुटर ठोक्किँदा शनिबार साँझ बाबु-छोरी र भतिजीको मृत्यु भएको छ।

    प्रहरीका अनुसार साँझ जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना५ख २१५० नम्बरको बसमा ठोक्किँदा ना४०प ७०८२ नम्बरको स्कुटरमा सवार तीनै जनाको मृत्यु भएको हो।

    दुर्घटनामा भरतपुर महानगरपालिका-६ गीतानगर बस्ने ४५ वर्षीय मोहन अधिकारी (स्कुटरका चालक), सोही स्कुटरमा सवार उनकी १७ वर्षीया छोरी विनिशा अधिकारी र भतिजी १७ वर्षीया दिविशा अधिकारीको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए।

    दुर्घटनामा गम्भीर घाइते भएका तिनै जनाको जिल्ला अस्पताल भरतपुरमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको थापाले बताए।

    थापाका अनुसार स्कुटरमा अधिकारी, उनकी छोरी र भतिजी तीन जना सवार थिए।

    ‘भरतपुरबाट घरतर्फ गइरहेका स्कुटर तीब्र गतिमा रहेको र ओभरटेक गर्नेक्रममा दुर्घटना भएको प्ररम्भिक जानकारी आएको छ,’ डिएसपी थापाले सेतोपाटीसँग भने।

    बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुई पांग्रे सवारी साधनको तीब्र गतिका कारण चितवनमा ठूला दुर्घटना बढ्दै गएको डिएसपी थापाले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij