आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

जुम्लामा आगलागीबाट ३५ घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर

  • प्रकाशित मिति : आइतवार, चैत्र २२, २०७७



  • काठमाडाैं। जुम्ला तिला गाउँपालिका ९ ढिपु गाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन्। ७५ घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए। उनका अनुसार आगो नियन्त्रण बाहिर छ।

    पानी प्रयाप्त पानी नभएको आगो नियन्त्रणमा आउन सकेको छैन। घरको छाना निकाल्ने र माटो हानेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए। वडाध्यक्ष बोहोराले भने,‘आगो नियन्त्रण बाहिर छ। निभाउनको लागि पानी छैन। घरमा जलेको आगो हेरेर बस्नुको विकल्प छैन।’

    ३५ घरभित्रको अन्नबाली सबै सखाप भइसकेको छ। आगो कसरी लागेको हो भन्ने बिषयमा जानकारी लिने प्रयास भइरहेको छ। मान्छेहरु बेहोस छन्। आगलागीको एकिन विवरण आउन बाँकी छ।

    यो तिला ९ ढिपु गाउँको बर्षायाममा ६ महिना बस्ने बस्ती हो। यो समयमा हिमपात हुने र अत्यधिक चिसो हुने भएकोले सबै ढिपु गाउँमा बसेका छन्। मुल्लीमा बर्षायाममा भण्डारण गरिराखेको अन्नपात सबै जलेको हो।

    वडाध्यक्ष बोहोराले भने,‘स्याउला संकलनका लागि एक दुइ दिन भित्र गाउँले नै त्यो बस्तीमा जाने भनेका थिए। आगोले बस्ती खरानी बनाइसक्यो।’ उनले उद्धार र राहतका कार्यमा साथ दिन सबै सरोकारवालालाई आग्रह गरेका छन्।

    जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आगलागी भएको खबर पाउने वित्तिकै तत्काल उद्वारको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आगलागी घटना स्थल तिर पठाइसकेको बताए। सदरमुकाम खलंगा देखि गएको प्रहरीको टोली पाँच घण्टा पछि आगलागी स्थलमा पुग्नेछ। उनले तत्काल राहत र उद्धारमा सहयोग गर्न सरोकारवाला पक्षलाई आग्रह गरेका छन्।

    कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले तिला गाउँपालिका–९, ढिपुको मुल्लीमा आगलागी भई ३५ घर नष्ट भएको प्रारम्भिक खवरले दुखित तुल्याएको बताए।

    उद्दारका लागि घटनास्थल तर्फ सुरक्षाकर्मी परिचालित भइसकेको अवस्था छ उनले भने,‘उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्न सम्बद्ध पक्षलाई अनुरोध गर्दछु।’ यसअघि तिला गाउँपालिका ७ पोखरी गाउँको गोठीमा आगलागी हुदा ३१ घर जलेर नष्ट भएका थिए।

    यो सँगै जुम्ला आगलागीको उच्च जोखिम क्षेत्र बनेको छ। सदरमुकाम स्थित ढाण थपला सामुदायिक वन र कार्तिक स्वामी सामुदायिक वन आगलागी भएको थियो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाउन सफल भएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij