आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बिहेका दिन बेहुली बेहुलाकी बहिनी भएको खुल्यो, तैपनि आमाले छोरालाई ज्वाइँ बनाइन्

  • प्रकाशित मिति : बुधबार, चैत्र २५, २०७७



  • काठमाडौं। शीर्षक पढ्दा तपाइँ आश्चर्यमा पर्नुभयो होला तर यो सत्य हो । एक आमाले आफ्नो छोराको बिहे हुनै लाग्दा बेहुली आफ्नी छोरी भएको थाहा पाइन् । यति हुँदाहुँदै पनि ती दुईको बिहे भयो । र, ती आमाले आफ्ना छोरालाई ज्वाइँ बनाइन् । कसैले कल्पना गर्न सकेत नसक्ने यो आश्चर्यजनक घटना चीनको हो ।

    चीनमा आफ्नो छोराको बिहेको क्रममा बेहुलाकी आमाले बेहुलीको हातमा देखेपछि उनको होस उड्यो । ती आमा अचानक जोडजोडले रुन लागिन् । खासमा जुन जोडीको बिहे हुँदै थियो उनीहरु दाजुबहिनी भएको पाइयो । जब आमाले बेहुलीको हातमा उनको जन्मको निशान देखिन त्यसपछि उनले चिनिहालिन् – ती बेहुली त उनकी छोरी थिइन् । यो घटना चीनको जियांग्सु प्रान्तको सोझेउको भएको बताइएको छ ।

    चीनको ओरिएन्टल डेलीलाई उद्धृत गर्दै डेलीस्टारले लेखेअनुसार यो विवाह ३१ मार्चका दिन भइरहेको थियो । ती आमाले बेहुलीको हातमा रहेको जन्मको निशान देखेपछि उनका मातापिताको बारेमा सोधिन् । सोधपुछ गर्दै जाँदा खुलासा भयो कि ती बेहुलीका मातापिताले उनलाई जन्म दिएका थिएनन् । २० वर्षअघि ती बालिकालाई उनीहरुले सडक किनारामा फेला पारेका थिए । त्यसपछि उनीहरुले ती बालिकालाई छोरी बनाएर हुर्काएका थिए ।

    यो खुलासासँगै ती बेहुली पनि रुन थालिन् । उनले थाहा पाइन् कि खासमा जुन युवकसँग उनको बिहे हुन लागेको थियो ती युवककी आमा नै उनलाई जन्माउने आमा थिइन् । तर, बिहेको यो कार्यक्रममा अझै अर्को ट्वीस्ट आउन बाँकी नै थियो जुन खुलासाले यी दुईको हुन लागेको बिहे समेत नरोकिने भयो । खासमा ती युवककी आमाले पनि उनलाई जन्माएकी थिइनन् ।

    यी युवकलाई पनि ती आमाले सानैमा भेटेर छोरा बनाएर हुर्काएकी थिइन् । जैविक रुपमा दाजुबहिनी नभएकोले ती दुईको बिहेमा कुनै रोकटोक थिएन र बेहुलीकी जन्म दिने आमालाई पनि यो विवाहमा कुनै आपत्ति थिएन । स्थानीय मिडियाका अनुसार २० वर्ष पहिले यी आमाकी छोरी हराएकी थिइन् । निकै खोज्दा पनि छोरी नभेटेकी ती महिलाले अर्का एक बालक फेला पारिन् र त्यही बालकलाई छोरा बनाएर हुर्काइन् । अन्ततः ती दुईको विवाह भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij