आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

ट्र्याक्टर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

  • प्रकाशित मिति : सोमवार, चैत्र ३०, २०७७



  • काठमाडाैं । पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान उपचारका क्रममा थप एक जनाको मृत्यु भएको हो।

    मृत्यु हुनेमा राप्ती नगरपालिका–४ का ४५ वर्षीय सूर्यबहादुर श्रेष्ठ रहेका छन्। उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। आइतबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो।

    मृत्यु हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खड्क लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ रहेका छन्।

    एक जना अन्दाजी २५ वर्षीय पुरुषको नाम थर ठेगना खुल्न सकेको छैन । थाकलटारबाट चिउँडेखोला तर्फ आउँदै गरेको ना१ त ६२८२ नं को ट्र्याक्टर अनियन्त्रित भई आम पानीस्थित चिउँडे खोलामा दुर्घटना भएको थियो । ट्र्याक्टर सडकबाट करीब २०० मिटर तल खस्दा सवार १८ जना घाइते भएका छन्।

    घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको छ भने १० जनाको अवस्था मध्यम रहेको छ । एक जनाको अवस्था सामान्य छ । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij