सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

हस्पिटलको बेडमै अमिताभले जब कसम खाँदै जयालाई भने…

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ४, २०७८



  • सन् १९८३ मा आएको फिल्म ‘कु-ली’ मा अमिताभ बच्चनको एक्शन सुटिङ चलेको थियो । उनको फाइट पुनीत इस्सरसँग रहेको थियो । तर, उक्त एक्शनमा अमिताभ ग-म्भिर घा-इते हुन पुगे । उनी ५९ दिनसम्म हस्पिटलमा भर्ना भएका थिए ।

    मिडियामा उनको मृ-त्यु भएको हल्ला समेत चलेको थियो । बिग बीको स्वास्थ्य लाभका लागि उनका फ्यानहरुल प्रार्थना समेत गरेका थिए । एक अन्तर्वार्तामा अमिताभले भनेका थिए,‘मलाई चिकित्सकहरुले मेडिकल्ली डे-ड घोषित गरेका थिए । जया आ-इसियु रुम बाहिर बसेकी थिइन् । डाक्टरले कोशिस गर्न बन्द गरेका थिए । जया कराउने काम गरिन् । मेरो औला चलेको जयाले महसुस गरिन् । तब डाक्टरलाई उनले कराउँदै मदत गर्न आग्रह गरिन् । डाक्टरले बिस्तारै मेरो खुट्टामा मालिस गरे । नयाँ जीवन पाए ।’

    उक्त घटनापछि अमिताभलाई भेट्न रेखा पुगेकी थिइन् । तर, अमिताभले उनीसँग भेट्न चाहेनन् । बारम्बार रेखाले प्रयास गर्दा पनि उनले भेट्न चाहेनन् । त्यसअघि भने अमिताभ र रेखाको प्रगाढ सम्बन्ध रहेको थियो । उता रेखाले पुनित इस्सरलाई समेत थर्काएको कुरा बाहिर आएको थियो । त्यो घटनापछि रेखाले पुनितसँग कहिल्यै बोलिनन् ।
    उता अमिताभसँग उनको सम्बन्ध पनि सधैका लागि बिग्रियो । जया बच्चनसँग अमिताभले कसम खाएसँगै त्यो दिनदेखि रेखासँग अमिताभ सदाका लागि टाढिएका थिए ।

    अमिताभ र रेखाको प्रेम कहानी आजसम्म पनि बलिउडको सबैभन्दा चर्चित मामिला मध्ये एक हो। फेरि पनि यो अत्यन्तै चर्चित प्रेम कहानी सधैँ रहस्यमय बनिरह्यो किनकी दुवै जनाले सार्वजनिक रुपमा कहिल्यै आफ्नो सम्बन्ध स्वीकारेनन्। बलिउड फिल्म इन्डस्ट्रीको दुई दिग्गज अमिताभ र रेखाबीच कसरी-कहिलेबाट प्रेम सम्बन्ध सुरु भयो र कसरी सम्बन्ध तोडियो त ?

    ‘दो अन्जाने(१९७६)’ को सेटमा अमिताभ र रेखा
    अमिताभ र रेखाको प्रेम कहानी फिल्म ‘दो अन्जाने(१९७६)’ को सेटबाट सुरु भएको थियो, जति बेला अमिताभ विवाहित थिए। आफ्नो विवाहेत्तर सम्बन्धको सुरुवाती अवस्थामा रेखा र अमिताभ एक बंगला(Bungalow) मा भेट्ने गर्थे, जुन बंगला रेखाको साथीको थियो। पहिलेदेखि विवाहित अमिताभ र रेखाको बीचको यस अफेयरबारे कसैलाई पनि थाहा थिएन्।

    रेखा र अमिताभको पुरानो तस्विर
    १९८१ मा यश चोपडाले अमिताभ र रेखाको सम्बन्धलाई लिएर फिल्म ‘सिलसिला’ बनाएका थिए। अमिताभकी श्रीमती जयाले पनि यस फिल्ममा महत्वपूर्ण भूमिका खेलेकी थिइन्। अमिताभ-रेखा अन्तिम पटक यस फिल्ममासँगै देखिएका थिए।

    गीतको सुटिङ्ग गर्दै रेखा र अमिताभ
    ‘गङ्गा की सौगन्ध(१९७८)’ को शूटिङको क्रममा बिग बी एक सह-अभिनेतासँग असाध्यै रिसाएका थिए जसले रेखासँग दुर्व्यवहार गरेका थिए। यो घटनापछि उनको अफेयरबारे चौतर्फी हल्ला चल्यो र सञ्चारमाध्यमको पनि ध्यानाकर्षण गर्यो।

    फिल्मको सेटमा रेखा र अमिताभ

    आफ्नो भुमिकामा डुबेका रेखा र अमिताभ
    बलिउडकी सदाबहार अभिनेत्री रेखा अभिनयका कारण मात्र नभई विभिन्न कलाकारहरुसँगको अफियरको कारण चर्चामा रहिन्। कुनै समय महानायक अमिताभ बच्चनसँग प्रेम सम्बन्धमा रहेकी रेखाको अन्य कलाकारहरुका साथमा पनि अफयेर थियो।

    जानकारीमा आए अनुसार अमिताभ भन्दा पहिले रेखाको सम्बन्ध जितेन्द्रसँग थियो। जितेन्द्रको सम्बन्ध शोभासंग भएको सुने पछि रेखाको पहिलो प्रेम अधुरो नै रहन पुग्यो।

    जितेन्द्र पश्चात रेखाको जीवनमा बिनोद महराको इन्ट्री भयो र उनले बिनोद संगै विवाह गरिन तर रेखाको बारेमा सबै नालीबेली थाहा पाएकी बिनोदकी आमाले रेखालाई घर भित्र पस्न नदिए पछि उनीहरुको सम्बन्धमा एकाएक दरार उत्पन्न हुन पुग्यो र अन्तत रेखा एक्लो हुन पुगिन। एक अन्तर्वार्तामा रेखाले आफुले बिनोदसंग बिवाह गरेको कुरा हल्ला मात्र भएको समेत बताएकी छन्।

    रेखाको अफयेर किरण कुमारसंग पनि नचलेको होइन तर पनि बिडम्बना रेखा र किरणको सम्बन्ध धेरै दिन टिकेन। किरण विनोदका मिल्ने साथी थिए बिनोद संगको सम्बन्ध बिच्छेद पछि किरण र रेखा नजिकिएका थिए।

    रेखाको अफियर अक्षय कुमारसंग पनि चलेको थियो। उमेरको हिसाबले अक्षयभन्दा निकै पाको रहेकी रेखाको यो सम्बन्धले सबैलाई चकित परेको थियो। तथापी आफ्नो सम्बन्धलाई दबाएर राखेका अक्षय र रेखाले हाल सम्म पनि उक्त कुराको खण्डन गर्दै आइरहेका छन्।

    रेखा र अमिताभको सम्बन्धको बारेमा अन्जान रहेका सायदै होलान। चलचित्र ‘दो अनजाने’ को सुटिंगको क्रममा यी दुई एक अर्कासंग नजिकिएका थिए। बिवाह बन्धनमा बाँधीसकेका अमिताभ रेखाको सौन्दर्यतामा लोभिएका थिए।

    यश चोपडाले जया, अमिताभ र रेखाको सम्बन्धलाई लिएर बनाएको चलचित्र शिलशिलामा यी दुई जोडीलाई अन्तिम पटक एकसाथ चलचित्रको पर्दामा देखिएको थियो।

    सन् १९९० मा रेखाको विवाह ब्यापारी मुकेश अग्रवालसंग भएको थियो । तर विवाह पछि दुवै जना दाम्पत्य जीवन देखि खुशी हुन सकेनन्। विवाह भएको धेरै समय नहुँदै रेखाका पति मुकेशले झुण्डिएर ज्यान फालेका थिए ।

    पछिल्लो समय रेखा चलचित्र क्षेत्रमा खासै सक्रिय नभए पनि फिल्मी इभेन्टहरुमा भने सहभागी भइरहेकी हुन्छिन। उनि हरेक इभेन्टमा सहभागी हुँदा हातमा चुरा, गलामा पोते र सिउदोमा सिन्दुर सहित प्रस्तुत भएकी हुन्छिन उनले कसको नामको सिन्दुर लगाएर हिडेकी हुन् भन्ने कुराको कुनै पनि जानकारी हालसम्म प्राप्त भएको छैन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij