आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सिन्धुपाल्चोकमा आइसोलसनको भवनबाट हाम फालेर भाग्न खोज्दा संक्रमितको गयो ज्यान

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २०, २०७८



  • काठमाडौं । सिन्धुपाल्चोकमा एक कोरोना संक्रमितले आइसोलसन रहेको भवनको झ्यालबाट फाल हान्दा मृत्यु भएको छ ।

    बलेफि गाउँपालिका वडा नम्बर ६ मांखाका ५३ वर्षीय रत्न बहादुर तामाङको जुगल गाउँपालिकामा रहेको रत्न राज्य माविमा रहेको आइसोलसनको तेस्रो तलाबाट हाम फाल्दा मृत्यु भएको हो ।

    जुगल गाउँपालिकाले गए राति १ः१५ मा आइसोलेसन रहेको भवनको तेस्रो तल्लाबाट हाम फालेर घाइते भएका उनको उपचार गर्न अस्पताल लाँदादाँदै मृत्यु भएको जनाएको छ ।

    जुगलले जारी गरेको विज्ञप्तिमा तामाङले आत्महत्याको प्रयास गरेको उल्लेख छ । तर उनका आफन्तले भने उनी घर आउन चाहेको र आउन नदिएपछि घर आउनका लागि राति फाल हालेर भाग्न खोजेको बताएका छन् ।

    उनलाई कोरोना संक्रमण भएपछि जेठ १७ गते उक्त आइसोलसनमा उपचारका लागि लगिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij