आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

कलिला मुना हरु बाख्रा चराउन गएका थिए : पहिरो ले सधैंका लागि लागेर गयो

  • प्रकाशित मिति : आइतवार, असार ६, २०७८



  • दिपायल सिलगढि नगरपालिका वडा ७ रातुलीकी ऐश्वर्या बिष्टकी छाेरि जेनिषा विष्ट र उनकै मामाका छोरा आज बेलुकि बाख्रा चराउन गयकाे बेला पहिराेमा च्यापियर मृ’त्यु भयकाे थियो ।

    डोटी : डोटीमा पहिरोमा च्यापिएर दुई बालबालिकाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं. ५ चिसापानी नजिकै ब्राखा चराउन गएको बेला ओडारमा बसेका दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

    मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नं. ५ का ७ बर्षिय बालक बिनोद भण्डारी र मामाघरमा गएकी वडा नं. ७ राँतुलीकी ऐश्वर्या बिष्टकी एघार बर्षिया छोरी जेनिषा विष्टको रहेको प्रहरी उपरिक्षक दान बहादुर मल्लले बताउनु भएको छ ।

    बाख्रा चराउन गएका उनिहरु पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला माथिबाट पहिरो खस्दा च्यापिएका थिए । च्यापिएको थाहा भएपछि नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियले पहिरो पन्छ्याउदा उनिहरुको शव मृत फेला परेको हो ।

    बुधबार मात्रै जिल्लाको केआई सिंह गाउपालिकाका ६५ वर्षीय पुरुषको पहिरोमा परि ज्यान गएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij