आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

इस्लाम धर्मावलम्बीले मनाए बकर इद

  • प्रकाशित मिति : बुधबार, साउन ६, २०७८



  • काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान चाड बकरइद (ईद उल अजहा) बुधबार देशभर मनाइएको छ । रमजान पर्वको ७०औं दिनमा मनाइने यो पर्व मुस्लिम धर्मावलम्बीहरूको रमजानपछिको दोश्रो ठूलो पर्व हो । पर्वमा सरकारले सार्वजनिक विदा दिएको छ ।

    कोरोना संक्रमणको जोखिमको कारण एकै ठाउँमा जम्मा भएर प्रार्थना गर्न बन्देज लगाइएकाले धेरै इस्लाम धर्मावलम्बीहरूले मस्जिदमा गएर नमाज पढ्न पाएका छैनन् । काठमाडौंको जामे मस्जिदमा वरिपरि इस्लाम धर्मावलम्बीहरूले सामुहिक नमाज पढेका छन् । मास्क लगाएर भौतिक दूरीको पालना गरेर नमाज (प्राथना) गरेका छन् ।

    यस पर्वमा आर्थिक रूपमा सबल मानिसहरूले दान गर्नुपर्ने अल्लाहको आदेश भएको नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समीनले बताउनुभयो । बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी दिने गरिन्छ । बलिदानी दिइएको जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरिब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको छ ।

    अध्यक्ष अब्दुल समीनले कोरोनाका कारण यो बकरइदको नमाजमा बाहिरी मानिसलाई प्रवेश नदिइएको र सामाजिक दूरी कायम गर्दै मनाइएको बताउनुभयो । ईद उल अजहा पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिने भए पनि यस वर्ष कोरोनाका कारण नेपालबाट सबै अन्तर्राष्ट्रिय उडान खुलेको छैन । जसका कारण हजयात्री मक्का मदिना जान पाएका छैनन् ।

    इदको उपलक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्धी शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गर्नुभएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij