प्रकाशित मिति : शनिबार, बैशाख ३, २०७९
तलिम सुपरस्टार थलपति विजयको नयाँ फिल्म बिस्ट रिलिज भएको छ । यो हेर्नका लागि सिनेमा घरबाहिर प्रशंसकको भीड उर्लिएको छ । थलपति विजयको गन्ती साउथका सबैभन्दा बढी पारिश्रमिक लिनेमा गनिन्छ । बिस्ट फिल्मका लागि उनले सय करोड अर्थात् १ अर्ब पारिश्रमिक लिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । फिल्म रिलिज हुँदा लगभग १० वर्षपछि विजयले टिभीमा अन्तरवार्ता दिएका छन् । यतिबेला उनले आफ्नो नीजि जीवनबारे खुलेर कुराकानी गरेका छन् ।
बनाए विद्या–विजय प्रोडक्सनःआफ्नो २५ वर्षको करियरमा विजयले ६० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । उनले बाल कलाकारको रुपमा तमिल फिल्ममा काम गर्न सुरु गरेका थिए ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij