प्रकाशित मिति : बुधबार, फाल्गुन ४, २०७३
तौलिहवा । कपिलवस्तुको चन्द्रौटामा एक नाबालिकाको बलात्कार पछि हत्या गरिएको छ। सोमबार राती घरबाट हराएकी शिवराज नगरपालिका–१० प्रगतिनगरकी ६ वर्षीय बालिकाको बलात्कार पछि हत्या गरिएको अवस्थामा मंगलबार बिहान स्थानीय जवई खोलामा शव फेला परेको छ। हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले छिमेकी एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवकलाई वुधबार थप अनुन्धान सहित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रहरी उपरीक्षक भोजजंग शाहले बताएको छ ।
मृतक नाबालिका स्थानीय विद्यालयमा एल केजीमा अध्ययनरत थिईन्। उक्त घटना पछि चन्द्रौटा क्षेत्रमा रहेका सवै विद्यालय बन्द गरी घटनामा संलग्न रहेका उपर कडा कारवाहीको माग गरेका छन्। मृतक नाबालिकाका अभिभावकहरु सामान्य किराना पसले हुन्। आफ्नी छोरी उपर भएको जघन्य पशुवत व्यवहार पछिको हत्यामा संलग्नलाई हदै सम्मको कारवाहीका लागि जिल्लाका विभिन्न संघ संस्था एवं मानवअधिकारवादीहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरी दोषीलाई कडा कारबाहीको माग गरेका छन्।
उक्त विभत्स घटना पछि बालिकाको परिवार र टोल छिमेक शोकाकुल परेका छन्। यस्ता जघन्य घटनाका कारण बालिकाहरु असुरक्षित रहेकोमा स्थानीय सर्वसाधारण निकै त्रसित बनेका छन्। यस अघि गत बुधवार पकडीको मर्थी नदीको तटमा ६ जना युवाहरुले सामुहिक बलात्कार गरेका छन्।
सामुहिक बलात्कारमा संलग्न रहेका उपर कडा कारवाहीको माग गर्दै जिल्लाका विद्यार्थी संघ संगठनहरुले विरोध प्रदर्शन गर्दै दैनिक जसो धर्ना तथा प्रदर्शन गरिरहेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij