शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अवैध म्यानपावर सञ्चालकहरु धरौटिमा रिहा

  • प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३



  • दाङ, १४ साउन
    अबैधरुपमा म्यानपावर सञ्चालन गरेको अभियोगमा दाङका पक्राउ परेका तीन जना धरौटीमा रिहा भएका छन् । बैदेशिक रोजगार विभागबाट लाईसेन्स खारेज भैसकेको अबस्थामा समेत गैरकानुनीरुपमा मानिसहरुलाई बिदेश पठाएको अभियोगमा घोराहीबाट केही दिन पहिले तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

    खोजि रिक्रुटमेन्ट सर्भिसेज प्रालि र द रिभर ओभरसिज प्रालिको नामवाट गैर कानूनी रुपमा मानिसहरुलाई विदेश पठाउने गरेको भन्दै खोजी रिक्रुटमेन्टका सौडियार १ बस्ने नारायणबहादुर अधिकारी, मानपुर ५ का दिवाकर पाण्डे र द रिभर ओभरसिज घोराही ११ का चन्द्रबहादुर घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएर आबस्यक कार्वाहीका लागि बैदेशिक रोजगार बिभाग काठमाडौमा पठाएको थियो ।

    बिभागले नारायणबहादुर अधिकारी र दिवाकर पाण्डेलाई जनही ५० हजार र चन्द्रबहादुर घर्तीलाई एक लाख धरौटी माग गरेकोमा सबैले माग बमोजिमको धरौटी बुझाई तारेखमा दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभएको छ । दाङ प्रहरीले जिल्लाका करिब ३ दर्जन म्यानपावर कम्पनीहरुलाई निगरानीमा राख्दै छानविनको दायरामा लिएको छ ।।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij