शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

टर्कीको एक परिवार, जाे चार खुट्टा भएका जनावरहरू जस्तै हिँड्छन्

  • प्रकाशित मिति : बिहिबार, भदौ १४, २०८०



  • इस्तानबुल। टर्कीमा बस्ने एक परिवार चर्चाको विषय बनेको छ। यो परिवारले मानिसको विकासको अध्ययन गर्ने वैज्ञानिकलाई पनि चकित बनाएको छ।

    वास्तवमा टर्कीको दक्षिणी भागमा बसोबास गर्ने परिवारका सदस्यहरू दुवै हात र खुट्टाको सहारामा हिँड्छन्।

    समाचार अनुसार सन् २००६ मा यस परिवारलाई लिएर एउटा डकुमेन्ट्री फिल्म पनि बनेको थियो, जसको नाम ‘द फॅमिली द वाक्स अन अल फोर्स’ थियो । डकुमेन्ट्री बनेपछि यो परिवारमाथि धेरै अनुसन्धान भइसकेको छ।

    न्युयोर्क टाइम्सका अनुसार यस टर्किस परिवारको जीवनशैलीलाई डकुमेन्ट्री फिल्ममा देखाइएको छ। चलचित्रमा यो परिवारका सदस्यलाई सामान्य मानिसजस्तै हात खुट्टामा हिँडेको र अन्य काम गरेको देखाइएको छ।

    बीबीसीका अनुसार परिवारका सदस्यहरू सामान्य रूपमा सोच्ने, बोल्ने र खानपिन गर्ने, उनीहरूको हिड्ने तरिका मात्र सामान्य मानिसभन्दा फरक छ। लन्डन स्कूल अफ इकोनोमिक्स (एलएसई) का प्रोफेसर हम्फ्रेलाई उद्धृत गर्दै चार बहिनी र एक भाइ असामान्य लक्षणका साथ जन्मिएको बताएको छ।

    परिवारका एक सदस्यको मृत्यु भइसकेको भए पनि प्रोफेसर हम्फ्रेले उक्त घटनामा आधुनिक मानिस पशुको अवस्थामा फर्किने आशा कहिल्यै नगरेको बताए।

    यो परिवारका सदस्यहरु यस्तो भएको देख्दा अचम्म लाग्छ। तर, पीडित परिवारले भोग्नुपरेको कठिनाइको बारेमा पनि उनले सामान्य व्यक्तिको तुलनामा यस परिवारका सदस्यले हिँडडुल गर्न निकै कठिनाइ भोग्नुपरेको बताए। परिवारका धेरै व्यक्ति मानसिक रूपमा अपांग छन् र उनीहरूले शरीरलाई राम्रोसँग सन्तुलन गर्न सक्दैनन् तर धेरै वैज्ञानिकहरूले यसलाई रिभर्स इभोल्युसन मान्छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij