शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

एक वर्षमा ४ करोड थान कण्डम आयात, २४ करोड ६९ लाख खर्च

  • प्रकाशित मिति : बुधबार, साउन ७, २०८२



  • काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालमा करिब चार करोड थान कण्डम आयात भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको वार्षिक तथ्याङ्क अनुसार, विभिन्न देशबाट कुल ३ करोड ९२ लाख ३२ हजार पिस कण्डम आयात भएको हो । यसका लागि २४ करोड ६९ लाख ८७ हजार रुपैयाँ देशबाट बाहिरिएको छ ।

    कण्डम आयातमा नेपाल सबैभन्दा बढी भारतमा निर्भर रहेको देखिन्छ । कुल आयातको अधिकांश हिस्सा भारतबाटै आएको छ, जहाँबाट ३ करोड ७१ लाख पिस कण्डम भित्रिएको छ । यसपछि चीनबाट ८ लाख ३१ हजार, दक्षिण कोरियाबाट ७ लाख ७३ हजार र मलेसियाबाट ४ लाख ५५ हजार पिस कण्डम आयात भएको छ । तथ्याङ्क अनुसार थाइल्याण्डबाट ६९ हजार र उज्बेकिस्तानबाट समेत ३२ पिस कण्डम नेपाल भित्रिएको छ ।

    परिवार नियोजन र यौनजन्य रोगको रोकथामका लागि अत्यावश्यक मानिने कण्डमको आयातमा राज्यले निकै कम भन्सार शुल्क लिने गरेको छ । २४ करोडभन्दा बढीको कण्डम आयात हुँदा जम्मा ५५ हजार रुपैयाँ मात्रै भन्सार महसुल संकलन भएको तथ्याङ्कले देखाउँछ । जनस्वास्थ्यसँग जोडिएको सामग्री भएकाले यसको पहुँच आम नागरिकसम्म सहज बनाउन सरकारले उदार नीति लिएको देखिन्छ ।

    कण्डम परिवार नियोजनको अस्थायी साधनमध्ये सबैभन्दा प्रभावकारी र सुरक्षित मानिन्छ । यसले अनिच्छित गर्भ रोक्नुका साथै एचआईभी लगायतका यौनजन्य रोगबाट बचाउन पनि महत्वपूर्ण भूमिका खेल्छ । पछिल्ला साढे ६ वर्षको अवधिमा नेपालमा १ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको २० करोड ६६ लाख थान कण्डम आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij