मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त सम्पन्न, ६ हजार ७०६ विद्यार्थी दीक्षित

  • प्रकाशित मिति : मङ्लबार, बैशाख ८, २०८३



  • काठमाडौँ। पूर्वाञ्चल विश्वविद्यालयको १४ औँ दीक्षान्त समारोह मंगलबार सम्पन्न भएको छ । मोरङ जिल्लाको गोठगाउँस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा विभिन्न संकाय अन्तर्गत स्नातक, स्नातकोत्तर र एमफिल तहका गरी कुल ६ हजार ७०६ विद्यार्थी दीक्षित भएका छन् । यसलाई विश्वविद्यालयको हालसम्मकै उल्लेखनीय उपलब्धिका रूपमा लिइएको छ ।

    विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आयोजित समारोहमा स्नातक तहबाट ५ हजार २८८, स्नातकोत्तर तहबाट १ हजार ४१३ र एमफिल तहबाट ५ जना विद्यार्थी दीक्षित भएका हुन् ।

    संकायगत रूपमा व्यवस्थापन संकाय अग्रस्थानमा रहँदै २ हजार २६४ विद्यार्थी दीक्षित भएका छन् । त्यस्तै, इन्जिनियरिङ संकयबाट १ हजार २६२, शिक्षा संकयबाट ९९८, विज्ञान तथा प्रविधि संकायबाट ७४७, चिकित्सा तथा सहायक स्वास्थ्य विज्ञान सकायबाट ६२४, कानुन संकायबाट ६२२ र मानविकी तथा सामाजिक विज्ञान संकायबाट १८५ जना विद्यार्थी दीक्षित भएका छन् । समारोहमा विभिन्न संकायका उत्कृष्ट विद्यार्थीलाई पदक, प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो ।

    समारोहका प्रमुख अतिथि स्नातकोत्तर चिकित्सा शिक्षा एवं अनुसन्धान संस्थान (पिजिआई) चण्डीगढका निर्देशक प्रा.डा. विवेक लालले विश्वविद्यालयले नेपाली विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सिप प्रदान गर्दै आएकामा प्रशंसा गरे । उनले विश्वव्यापी प्रतिस्पर्धाको युगमा उच्च शिक्षालाई अनुसन्धानमुखी, नवप्रवर्तनशील र रोजगारमुखी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

    समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री पोखरेलले विश्वविद्यालयहरूलाई दलीय राजनीतिबाट मुक्त राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । उनले भने, “शैक्षिक संस्थाहरूलाई स्वतन्त्र, निष्पक्ष र गुणस्तरीय बनाउनु आजको आवश्यकता हो । राजनीतिक हस्तक्षेपले शैक्षिक गुणस्तरमा असर पार्न सक्छ, त्यसैले यसलाई न्यूनीकरण गर्न सबैको सहकार्य आवश्यक छ ।”

    वि.सं. २०५२ मा स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालय हाल पूर्वी नेपालमा उच्च शिक्षाको एक महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित भइसकेको छ ।

    विश्वविद्यालयमा हाल ३७ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । पछिल्ला वर्षहरूमा विश्वविद्यालयले नयाँ कार्यक्रमहरूका साथै यसै वर्षदेखि एमबिबिएसको कक्षा सञ्चालन र विविध अनुसन्धान एवं प्राविधिक शिक्षामा जोड दिँदै आएको छ ।

    विश्वविद्यालयका उपकुलपति प्रा. डा. विजु कुमार थपलियाले दीक्षित विद्यार्थीलाई विश्वविद्यालय इँटा र सिमेन्टको भौतिक संरचना मात्र नभई रूखको जरा जस्तै शैक्षिक प्रतिष्ठान रहेको उल्लेख गर्दै प्राप्त ज्ञानलाई समाजको हितमा लगाउन आग्रह गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Molti blog nascono da una sola pagina, ma possono diventare archivi preziosi: vale la pena approfondire come si costruisce una presenza personale online. macchie sulle gambe, Il dettaglio che elimina gli aloni ignorare il calo dopo pranzo? soluzioni efficaci Tra diagnosi e cure, il un dettaglio dell'avena sulla pressione I consigli non Da fuori, tutto sembra semplice: basta una pagina e qualche parola. In realtà, un blog personale cresce quando racconta esperienze vere con una voce riconoscibile.