मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

आजदेखि कक्षा १२ को राष्ट्रिय परीक्षा शुरू,चार लाख १८ हजारभन्दा बढी परीक्षार्थी सहभागी

  • प्रकाशित मिति : सोमवार, बैशाख १४, २०८३



  • काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा आज सोमबारदेखि देशभरका ७७ वटै जिल्लामा एकैसाथ शुरू भएको छ। बिहान ८:०० बजेदेखि शुरू भएको यो परीक्षा आगामी वैशाख २७ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ।

    तथ्याङ्कअनुसार यस वर्षको परीक्षामा देशभरबाट कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थीहरू सहभागी हुँदैछन् । जसमा नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिक अर्थात् ग्रेड वृद्धितर्फ ८५ हजार ८३० जना विद्यार्थीहरू रहेका छन्। विशेषगरी विसं २०७९ र त्यसपछिका शैक्षिक सत्रका विद्यार्थीहरू आंशिक परीक्षामा सामेल भएका छन् भने देशभर १,५२५ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ।

    परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ। परीक्षालाई मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न बोर्डले कडा सुरक्षा व्यवस्थाका साथै विशेष अनुगमन टोली समेत परिचालन गरेको छ। परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडी र अन्य इलेक्ट्रोनिक उपकरणहरू लैजान पूर्ण रूपमा निषेध गरिएको छ।

    परीक्षा नियन्त्रकका अनुसार सबै केन्द्रमा प्रश्नपत्रहरू अनलाइन र भौतिक दुवै माध्यमबाट सुरक्षित रूपमा पठाइएको थियो भने विद्यार्थीहरूलाई परीक्षा शुरू हुनुभन्दा आधा घण्टा अगावै केन्द्रमा प्रवेश गराइएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Tudi drobna količina limonine lupinice lahko spremeni okus jedi, če jo uporabimo premišljeno. Pri zdravih receptih zato štejejo majhne podrobnosti, ki jih je vredno podrobneje raziskati. prav drobna napaka naredi jogurt kefir Se sprašujete, kako pripraviti okusen in zdrav obrok brez zapletenih postopkov? Poskusite s preprostimi recepti iz svežih sestavin.