मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

एसईईमा कसलाई कति जीपीए ?

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २९, २०८३



  • भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ । सरकारले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्नुपर्ने समयसीमा दिएपछि बोर्डले तीव्रगतिमा तयारी गरी परीक्षा सम्पन्न भएको २९ दिनमा बैशाख २८ गते नै नतिजा सार्वजनिक गरेको हो ।

    परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सोमबार राति ९ः१५ बजेपछि आयोजित पत्रकार सम्मेलनमा एसईई परीक्षामा ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका शिक्षासचिव चुडामणि पौडेलले जानकारी दिए । उनका अनुसार परीक्षामा दुई लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका र एक लाख ४६ हजार ५०७ परीक्षार्थी ननग्रेडेड भएका छन् ।

    यसपटक एसईईमा दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्रले परीक्षाको फाराम भरेकामा चार लाख ३० हजार ६६७ जना परीक्षामा सहभागी भएका शिक्षासचिव पौडेलले जानकारी दिए ।

    सार्वजनिक नतिजाअनुसार ४८ हजार ३९२ परीक्षार्थीले सबैभन्दा उच्च जीपीए अर्थात् तीन दशमलव ६० देखि चार ल्याएका छन् भने ८० हजार ३७२ जनाले तीन दशमलव २० देखि तीन दशमलव ६० जिपिए ल्याएका छन् ।

    त्यस्तै ९४ हजार २२२ जनाले दुई दशमलव ८० देखि तीन दशमलव २० जिपिए, ५५ हजार ९७७ जनाले दुई दशमलव ४० देखि दुई दशमलव ८० जिपीए,  पाँच हजार १९० जनाले दुईदेखि दुई दशमलव ४० जिपिए र सात जनाले एक दशमलव ६० देखि दुई जिपिए ल्याएका शिक्षासचिव पौडेलले जानकारी दिए ।

    उनका अनुसार ननग्रेडेड एनजी प्राप्त गर्ने विद्यार्थीहरूले पुनःग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ । दुई विषयसम्म एनजी आउने विद्यार्थीका लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिने जनाउँदै सोभन्दा बढी विषयमा एनजी आउनेहरू अर्को वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्ने व्यवस्था गरिएको पत्रकार सम्मेलनमा उनले बताए ।

    यस वर्ष एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको निर्देशनपछि बोर्डले परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण गराएको थियो । वैशाख ५ गतेसम्ममा देशैभरबाट उत्तरपुस्तिका बोर्डको कार्यालयमा सङ्कलन गरी नतिजा अध्यावधिक गर्ने, कम्प्युटरमा प्रविष्ट गराउने काम थालिएको थियो ।

    गत वर्ष असार १३ गते परीक्षाफल सार्वजनिक भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Tudi drobna količina limonine lupinice lahko spremeni okus jedi, če jo uporabimo premišljeno. Pri zdravih receptih zato štejejo majhne podrobnosti, ki jih je vredno podrobneje raziskati. prav drobna napaka naredi jogurt kefir Se sprašujete, kako pripraviti okusen in zdrav obrok brez zapletenih postopkov? Poskusite s preprostimi recepti iz svežih sestavin.