प्रकाशित मिति : आइतवार, साउन १७, २०८३
रुपन्देहीको मर्चवारीमा जिल्ला सुरक्षा समिति र स्थानीय सरकार प्रमुख बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।


रुपन्देहीका जिल्ला सुरक्षा समितिको आयोजनामा मर्चवारी गाउँपालिआ वडा नम्बर ३ मा रहेकोे,ईलाका प्रहरी कार्यालय मर्चवारमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्याल,जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख SP जनक बहादुर शाही, सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेड क्वाटर रुपन्देहीका प्रमुख SP नवराज बोहरा,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुपन्देहीका प्रमुख SP नरेश बहादुर बम लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु र समरीमाई र मर्चवारी गाउँपालिका अध्यक्षहरुसंग बिबिध बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल र रुपन्देहीका प्रहरी प्रमुख SP जनक बहादुर शाहीले इलाका प्रहरी कार्यालय मर्चवार रुपन्देहीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको थियो । आवश्यक निर्देशन समेत दिनुभएको,जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ /
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij