मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

धनुषामा निषेधाज्ञा हट्यो, चहल पहल सामान्य

  • प्रकाशित मिति : सोमवार, साउन १८, २०८३



  • धनुषा । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका लगायतका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाएको छ ।

    जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएकाले निषेधाज्ञा हटाउने निर्णय गरिएको जनाएको हो ।

    प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको बैठकले पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम जारी गरिएको निषेधाज्ञा आज सोमबार बिहान ५ बजेदेखि हटाउने निर्णय गरेको हो ।

    गत साउन १६ गते बिहान १० बजेदेखि जनकपुरधाम उपमहानगरपालिका लगायतका क्षेत्रमा सम्भावित अप्रिय घटना रोक्न निषेधाज्ञा लागू गरिएको थियो ।

    पछिल्लो समय आन्दोलनरत पक्ष र सरकारबिच भएको सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित भएका छन् भने बजार, यातायात र सर्वसाधारणको दैनिक गतिविधि पनि क्रमशः सामान्य अवस्थामा फर्किन थालेका छन् ।

    यस्तै, धनुषासँग जोडिएका नेपाल–भारत सीमा नाकाबाट नेपाल प्रवेश गर्ने सबै व्यक्तिका लागि अब परिचयपत्र अनिवार्य गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन यस्तो निर्णय गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार अब सीमा नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले आफ्नो पहिचान खुल्ने परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्नेछ । सुरक्षा निकायले परिचयपत्रका आधारमा अभिलेख राख्दै मात्र प्रवेशको अनुमति दिने व्यवस्था लागू गरिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी ब्याटन निरीक्षण कार्यक्रम सम्पन्न {फोटो फिचर}
    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Da fuori, un blog personale sembra spesso solo un diario online, ma dietro ogni pagina ci sono scelte di tono, struttura e fiducia. Per capire cosa funziona davvero, vale la pena approfondire il tema. trascurare le sette abitudini delle coppie felici andando in ospedale, ecco le nuove regole il bicchiere del caffè nasconde rischi quelle piccole mollette: nove riusi domestici Gli amici spesso consigliano di scrivere ogni giorno, ma non sempre funziona: un blog personale cresce meglio quando nasce da esperienze sincere, osservazioni curate e una voce riconoscibile, senza inseguire ritmi o formule altrui.