मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

युक्रेनको राजधानी किभमा रुसी मिसाइल आक्रमणः ९ जनाको मृत्यु, २८ घाइते

  • प्रकाशित मिति : सोमवार, साउन १८, २०८३



  • एजेन्सी । युक्रेनको राजधानी किभमा रुसले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन् ।

    रुसी रक्षा मन्त्रालयले शनिवार एक विज्ञप्ति जारी गर्दै आफ्ना सशस्त्र बलहरूले रातभर किभका ड्रोन तथा मिसाइल उत्पादन केन्द्र, सैन्य–औद्योगिक प्रतिष्ठान र सैन्य रसद (लजिस्टिक)केन्द्रहरूलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ ।

    मन्त्रालयकाअनुसार यो कारबाहीमा जमिन र समुद्रबाट प्रहार गरिने उच्च प्रविधिका हतियार तथा मानवरहित विमान ९ड्रोन० हरुको प्रयोग गरिएको थियो । रुसले विशेषगरी किभ इलेक्ट्रोनिक इन्डस्ट्री एसेम्बली एन्ड कम्पोनेन्ट्स प्रतिष्ठानलाई निशाना बनाएको दाबी गरेको छ ।

    उक्त उद्योगले युक्रेनको नेप्चुन–एमडी गाइडेड मिसाइल, एफपी–७ अपरेसनल–ट्याक्टिकल मिसाइलका साथै ग्रोम–२ मिसाइल प्रणालीका लागि आवश्यक विद्युतीय उपकरण र पाटपुर्जाहरू निर्माण गर्दै आएको थियो ।

    युक्रेनी अधिकारीहरूले आक्रमणबाट भएको मानवीय क्षतिको पुष्टि गरेका छन् । किभका मेयर भिटाली क्लिट्स्कोका अनुसार घाइतेमध्ये १७ जनालाई अस्पताल भर्ना गरिएको छ भने अन्यलाई घटनास्थलमै वा क्लिनिकहरूमा प्राथमिक उपचार प्रदान गरिएको छ ।

    रुसले पछिल्लो समय युक्रेनका सैन्य र औद्योगिक पूर्वाधारहरूलाई लक्षित गरी हवाई आक्रमण तीव्र पारेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी ब्याटन निरीक्षण कार्यक्रम सम्पन्न {फोटो फिचर}
    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij