मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

एक सचिवको सरुवासहित दुई सचिवको जिम्मेवारी हेरफेर

  • प्रकाशित मिति : शुक्रबार, भदौ ५, २०८३



  • काठमाडौँ । सरकारले एक सचिवको सरुवा गर्नुका साथै दुई सचिवको जिम्मेवारी हेरफेर गरेको छ।

    पछिल्लो मन्त्रिपरिषद् बैठकले कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र पौडेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा सरुवा गरेको हो।

    सञ्चार मन्त्रालयमा कार्यरत सचिव डा. कमल पोखरेलले केही दिनअघि राजीनामा दिएपछि सचिव पद रिक्त रहेको थियो। रिक्त पदमा पौडेललाई सरुवा गरिएको हो।

    त्यसै गरी, राष्ट्रिय सतर्कता केन्द्रका सचिव विश्वबाबु पुडासैनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिवको जिम्मेवारी दिइएको छ।

    सिंहदरबारस्थित प्रशासन उच्च स्रोतका अनुसार राष्ट्रिय सतर्कता केन्द्रमा प्राविधिक सचिवको दरबन्दी रहेकोमा त्यसलाई प्रशासनतर्फको बनाइएको छ। यस्तै, सार्वजनिक खरिद अनुगमन कार्यालयमा रहेको प्रशासनतर्फको सचिवको दरबन्दीलाई प्राविधिकतर्फ परिवर्तन गरिएको छ।

    दरबन्दीको प्रकृति हेरफेरसँगै प्राविधिकतर्फका सचिव पुडासैनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा व्यवस्थापन गरिएको स्रोतले प्रशासनलाई जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij