मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

DIGP भट्टराईको कमान्डमा सुदूरपश्चिम प्रहरी सक्रिय : लागूऔषध र प्रतिवादी पक्राउमा अप्रेसन तीव्र

  • प्रकाशित मिति : शनिबार, भदौ ६, २०८३



  • धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रहरीले फरार प्रतिवादी पक्राउ र लागूऔषध दुव्र्यशनी नियन्त्रण अभियानलाई तीव्र बनाएको छ ।

    प्रहरी नायब महानिरीक्षक(DIGP) सानुराम भट्टराईले प्रदेश प्रहरीको कमान्ड सम्हालेयता प्रदेशमा अभियानले थप तीव्रता पाएको छ ।

    प्रहरीले असारमा मात्र प्रदेशभर विभिन्न मुद्दामा सजाय पाएर फरार अवस्थामा रहेका १३० जना प्रतिवादीलाई पक्राउ गरि कानुनबमोजिम कारवाहीका लागि सिफारिस गरेको छ ।

    उनीहरुबाट २३ लाख ८९ हजार जरिवाना र ६२ वर्ष २ महिना १५ दिन कैद सजाय भुक्तान गरिएको छ । फरार प्रतिवादीसँगै प्रहरीले बढ्दै गएको लागूऔषध दुव्र्यशनी नियन्त्रण तथा न्यूनीकरण अभियानलाई पनि सक्रियतापूर्वक कार्यान्वयन गरिरहेको छ ।

    असारमा मात्र लागूऔषध दुव्र्यशनीमा १६० जनालाई पक्राउ गरिएको प्रदेश प्र्रही कार्यालयले जनाएको छ । उनीहरु मध्ये चार महिला र अन्य पुुरुष छन् । उनीहरुको साथबाz तीन सय १४ ग्राम चरेस, १५९ ग्राम खैैरो हेरोइन, ६६३ ग्राम गाँजा बरामद गरिएको छ ।

    पक्राउ परेकामाथि सम्बन्धी प्रहरी कार्यालयले अनुसन्धान गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij