मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

अमेरिका-इरान द्वन्द्व र सीमा क्षेत्रको तनावले अफगानी व्यापारी तथा श्रमिक मारमा

  • प्रकाशित मिति : आइतवार, भदौ ७, २०८३



  • काठमाडौँ । संयुक्त राज्य अमेरिका र इरानबीचको बढ्दो द्वन्द्व तथा सीमा क्षेत्रमा देखिएको तनावका कारण अफगानिस्तानका व्यापारी र श्रमिकहरूको जीविकोपार्जनमा गम्भीर संकट उत्पन्न भएको छ । अफगानिस्तान र इरानबीचको प्रमुख व्यापारिक नाका मानिने हेरातस्थित ‘इस्लाम कला’ मा यसको प्रत्यक्ष प्रभाव देखिएको छ ।

    हेरात सहरबाट करिव १२० किलोमिटर दूरीमा रहेको इस्लाम कला नाका अफगानिस्तानको पश्चिमी क्षेत्रका लागि व्यापार र पारवहनको मेरुदण्ड मानिन्छ । यस नाकाबाट दैनिक हजारौँको संख्यामा यात्रुहरू र ठूलो परिमाणमा व्यापारिक मालसामान आयात–निर्यात हुने गर्दछ । तर पछिल्लो समय अमेरिका र इरानबीचको तनावले यस क्षेत्रको आर्थिक गतिविधिलाई सुस्त बनाएको छ ।

    इस्लाम कला नाकामा विगत १५ वर्षदेखि मुद्रा सटहीको काम गर्दै आएका अनुभवी व्यवसायी नजीर अहमदका अनुसार द्वन्द्वका कारण व्यापारिक सामानको आपूर्तिमा कमी आएको छ र मानिसहरूको आवतजावत पनि पातलिएको छ । अहमदले चिनियाँ समाचार संस्था सिन्ह्वालाई दिएको जानकारीअनुसार यो तनावले सर्वसाधारणको दैनिक जीवनमा ठूलो आर्थिक बोझ थपेको छ । इरानबाट आयात हुने खाद्यान्नको मूल्यमा तिब्र वृद्धि भएको छ ।

    अहमद भन्छन्, ‘ग्यास, इन्धन, चामल र खाने तेल जस्ता अत्यावश्यक वस्तुहरूको मूल्य अकासिएको छ । यसअघि १ हजार २ सय अफगानी (करिव १८.४ अमेरिकी डलर) पर्ने १६ लिटरको खाने तेलको मूल्य अहिले बढेर १ हजार ६ सय अफगानी पुगेको छ ।’

    द्वन्द्वका कारण छिमेकी मुलुकहरूले समेत आर्थिक र सामाजिक दुष्परिणाम खेप्नुपरिरहेको उनको ठम्याइ छ ।

    इस्लाम कला नाकामै यात्रुहरूको भारी बोक्ने काम गर्ने श्रमिक मौजनकाअनुसार अफगानिस्तान–पाकिस्तान सीमा नाकाहरू बन्द भएका कारण इस्लाम कलामा व्यापारिक चाप त बढेको छ, तर इरान–अमेरिका तनावले गर्दा श्रमिकहरूको आम्दानीमा भने गिरावट आएको छ । उनले देशमा कलकारखाना स्थापना गरी रोजगारीका अवसरहरू वृद्धि गर्न सरकारसँग माग गरेका छन् ।

    यसैबीच, स्पिन बोल्डक सीमा नाकाका व्यापारी फजल मोहम्मद वतन दोस्तले विगत १० महिनादेखि आफ्नो व्यवसाय पूर्ण रूपमा ठप्प भएको बताएका छन् । नाका निरन्तर बन्द रहँदा व्यापारी, पसल सञ्चालक र मजदुरहरू बेरोजगार भएका छन् । वतन दोस्तकाअनुसार गत वर्ष उनले ६० जनालाई रोजगारी दिएका थिए । तर अहिले ती सबै बेरोजगार छन् । उनले सीमा नाका तत्काल सञ्चालनमा ल्याउन अपिल गरेका छन् ।

    भौगोलिक र राजनीतिक रूपमा संवेदनशील अवस्थामा रहेको अफगानिस्तानका लागि छिमेकी मुलुकहरूसँगको व्यापारिक सम्बन्ध र अन्तर्राष्ट्रिय तनावले जनजीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी ब्याटन निरीक्षण कार्यक्रम सम्पन्न {फोटो फिचर}
    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Skoraj vsi pri kuhanju uporabijo preveč soli, čeprav lahko jed obogatimo z zelišči, začimbami in svežimi sestavinami. To temo velja podrobneje raziskati. prav drobna napaka naredi jogurt kefir Kako pripraviti okusen in zdrav obrok? Izberite sveže sestavine, preproste postopke in uravnotežene porcije.