मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

विगत ३५ वर्षको हिसाब होइन, अबको ३५ वर्षको योजना ल्याउनुहोस् : रवि लामिछाने

  • प्रकाशित मिति : आइतवार, भदौ ७, २०८३



  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

    राजधानी काठमाडौँमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उनले विगत ३५ वर्षको हिसाबकिताब खोज्ने कार्यमा नलागी आगामी ३५ वर्षको कार्ययोजना ल्याउनुपर्नेमा जोड दिए। विगतमा अन्य नेता र दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था रहे पनि अब त्यो स्थिति नरहेको उनले स्पष्ट पारे।

    विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आगामी पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

    “हिजो हामीले दोष लगाउने कयौँ मान्छेहरू थिए। कयौँ नेताहरू पनि थिए, जसलाई दोष लगाउँदा पनि हुन्थ्यो। दोषैदोषको चाङमा उभिएर आफूलाई अग्लो देखाउन हामी सक्थ्यौँ। आज कसलाई दोष देखाउने? अब हामीले दोष देखाउने कुनै कुरा छैन,” सभापति लामिछानेले भने, “अब यो ३५ वर्षको हिसाबको कुरा गर्ने होइन, साथीहरू। ३५ वर्षको योजना ल्याउनुहोस्। अब बितेको ३५ वर्षको लागि उहाँहरूलाई कचकच गर्ने ठाउँमा हामी छैनौँ। जति सके गरे, धन्यवाद। तर अबको ३५ वर्षमा देशलाई कस्तो बनाउने भन्ने हाम्रै हातमा छ।”

    उनले विगत ३५ वर्षमा पुराना राजनीतिक दलहरूले गरेका सकारात्मक कामहरूप्रति धन्यवाद दिनुपर्ने समेत उल्लेख गरे।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी ब्याटन निरीक्षण कार्यक्रम सम्पन्न {फोटो फिचर}
    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Skoraj vsi pri kuhanju uporabijo preveč soli, čeprav lahko jed obogatimo z zelišči, začimbami in svežimi sestavinami. To temo velja podrobneje raziskati. prav drobna napaka naredi jogurt kefir Kako pripraviti okusen in zdrav obrok? Izberite sveže sestavine, preproste postopke in uravnotežene porcije.