मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

रसुवा बाढीमा परेकाहरुको उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन, आपतकालीन राहत तथा उद्धार सामग्री बाढी प्रभावित क्षेत्रमा पुर्‍याईदै

  • प्रकाशित मिति : बुधबार, भदौ १०, २०८३



  • बिनिता शर्मा,काठमाडौ।     रसुवा बाढीमा परेकाहरुको उद्धारको लागि रसुवा, नुवाकोट, धादिङ्ग र चितवन जिल्लास्थित सशस्त्र प्रहरी बल नेपालका युनिटहरुबाट उद्धारका सामग्रीसहित सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन भएका छन् ।

    सो क्षेत्रमा तयारी अवस्थामा राखिएका आपतकालिन राहत तथा उद्धार सामग्रीसहितको  Disaster Relief System DRS_   कन्टेनरहरू बाढी प्रभावित क्षेत्रहरुमा तत्काल पुर्‍याउने कार्य समेत भईरहेको छ । साथै अन्य क्षेत्रमा रहेका DRS_  कन्टेनरहरू समेत बाढी प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी परिचालन गरिएको छ ।

    बाढीमा परी घाइते भएकाहरूका लागि तत्काल प्राथमिक उपचारको व्यवस्था मिलाउन Mass Casualty Vehicles (MCV) सहितको चिकित्सा तथा उद्धार टोलीलाई बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।

    नदी किनारा तथा जोखिमयुक्त स्थानहरुका बस्तीमा सशस्त्र प्रहरीले गाडी तथा गस्ती टोलीमार्फत साईरन बजाई तथा माईकिङ्ग गरी तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन समेत भनिएको छ । त्यस्तै बाढीमा परेकाहरुको तत्काल उपचारको लागि नेपाल एपीएफ अस्पतालमा वेडहरु समेत खोली राखिएको छ ।

    आपतकालिन उद्धारको लागि परिचालन भएका नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरहरुको सुरक्षित उडान तथा अवतरणको लागि ल्याँडिङ जोनहरुको तयार गरिएको छ । त्यस्तै रसुवागढी भन्सार तथा यार्ड प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालको प्ढ K9 Sniffer Dogs सहितको टोली खोजी तथा उद्धारको लागि परिचालन भएको छ ।

    त्यस्तै नदी किनारा तथा बाढी प्रभावित क्षेत्रहरुमा हराईरहेका नागरिकहरुको लोकेशन पत्ता लगाउन तथा क्षति मुल्यांकन गर्न सशस्त्र प्रहरीले ड्रोन परिचालन गरेको छ । विस्थापित शिविरहरुमा हैजा तथा पानीजन्य रोग फैलन नदिन सशस्त्र प्रहरी बल नेपालले आपतकालीन खानेपानी शुद्धिकरण र औषधि वितरण कार्य शुरु गरेको छ ।

    भोटेकोशी तथा त्रिशुली नदिको माथिल्लो तटीय क्षेत्रमा थुनिएको हिमपहिरो एक्कासी खुल्नसक्ने  वा थप बाढी जोखिमबारे पूर्वसूचना प्राप्त गर्न र क्षती न्यूनिकरणको लागि चिनियाँ समकक्षी सुरक्षा निकायहरुसँग सशस्त्र प्रहरीले निरन्तर समन्वय तथा संवाद र सूचना आदान–प्रदान गरिरहेको, सशस्त्र प्रहरी बल नेपालका केन्द्रिय प्रबक्ता नेत्र बहादुर कार्कीले जानकारी दिनुभयो । ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij